
दोहा – हिन्दुनारीहरुको महानपर्व हरितालिका तीज नेपाली महिला समाज कतारले “रमाइलो तिज”कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ ।
महिलाहरुको एकमात्र संस्था नेपाली महिला समाज कतारले सचेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि “रमाइलो तिज”कार्यक्रम भब्य रुपमा मनाउने भएको हो।
रमाईलो तीज कार्यक्रमका लागि चर्चित लोक तथा दोहोरी गायिका टिका पुन र रेजिना परियारको बजोड सांगितीक प्रस्तुतीसँगै नेपाली महिला समाज कतारका कलाकार लगायत स्थानीय कलाकारको बेजोड सांगितीक प्रस्तुती रहनेछ ।
नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने नारासहित स्थापना भएको नेपाली महिला समाज कतारले हरेक बर्ष जस्तै यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समितिहरु बनाएको छ।
कार्यक्रममा दर समेत खुवाउने भएको हुदा महिलाहरुको लागि नि: शुल्क र पुरुषका लागि प्रतिव्यक्ति ३० रियाल प्रवेश शुल्क तोकिएको छ ।
अगस्ट २२ तारिक शुक्रबारका दिन ट्युनिसियन स्कुल अल लक्तामा हुने कार्यक्रम १२ बजेबाट सुरु हुनेछ ।