२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

“ब्याक टु नाइन्टी” ब्यान्डलाई कतारमा सम्मान

दोहा
साङगितिक प्रस्तुतीको लागि कतारमा आएको “ब्याक टु नाइन्टी” ब्यान्डलाई गण्डकी प्रदेश समन्वय परिषद कतारले सम्मान गरेको छ ।

सदावाहर लोकपप तथा आधुनिक गितको लागि चर्चित पोख्रेली ब्याण्डहरु मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्डलाई शनिबार एक कार्यक्रमका बिच ढाका टोपी लगाएर सम्मानपत्र सहित सम्मान गरिएको हो ।

लोकप्रिय पाँच ब्याण्डले सामूहिक सहकार्य गर्दे “विरासतलाई फर्केर हेर्दा” नामकरण गरेर देश तथा बिदेशमा आफ्नो प्रस्तुति दिदै आएका छन ।

कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक आश बहादुर गुरुङ, संरक्षक राकेश श्रेष्ठ, सल्लाहकार श्याम न्यौपाने, कास्की आदर्श समाजका अध्यक्ष अग्निधर देवकोटा, पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्री, स्याङ्जा सहयोग समाजका अध्यक्ष घनश्याम जैसी, गोरखा सेवा समाजका अध्यक्ष विकास श्रेष्ठ लगाएतले नेपाली गीत संगितमा ब्यान्डले पुर्याएको योगदान अतुलनीय रहेकोबताए। साथैउनीहरूले शुक्रबारको कार्यक्रममा आयोजको कमजोरीको कारण ब्यान्डले आफ्नो प्रस्तुति राख्न नसकेको प्रति दुख व्यक्त गरेका थिए । ।

कार्यक्रममा बोल्दै गायक एवं पोखरा सँगितिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङ, गायक कर्णदास, अमृत गुरुङ लगाएतले सम्मानको लागी धन्यवाद ज्ञापन गर्दे सम्मानले गित संगितमा लाग्न थप प्रेरणा मिल्ने बताए।

यसपटकको कार्यक्रम प्राविधिक रुपमा अपेक्षा गरेअनुसार नभएपनि अब भैसकेको कुरालाई भुलेर गण्डकी प्रदेश तथा मातहतका जिल्ला संस्था मिलेर कुनै पनि परोपकारी कामको लागि साङ्गितिक कार्यक्रम गर्न चाहेमा आफुहरु तयार रहेको बताए । रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि सस्था बनाई एकतावद्द भएर सामाजिक काम संगै नेपाली गीत संगित प्रवर्द्धन गरेकोमा खुशी व्यक्त गर्दे गण्डकी प्रदेश समन्वय परिषदलाई आफुहरुले ल्याएको मादल प्रदान गरेका थिए । ।

गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल विश्वकर्मा (अजय) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कल्याण थापा र सन्चालन महासचिव मनप्रसाद रानामगरले गरेका थिए । ।

यसैबीच कास्की आदर्श समाज कतारले पनि “ब्याक टु नाइन्टी” ब्यान्डलाई सम्मान गरेको छ ।
समाजले गण्डकी प्रदेशको राजधानी पोखरामा रहेर लामो समय देखि गित संगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै पाँच ब्यान्ड एवं पोखरा सँगितिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङलाई सम्मान गरेको हो।

समाजका अध्यक्ष अग्नीधर देवकोटा, संरक्षक आश बहादुर गुरुङ, मन प्रसाद रानामगर, प्रमुख सल्लाहकार सुरज रानाभाट, प्रथम उपाध्यक्ष अमृत विश्वकर्मा लगाएतले दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेका थिए । ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस