२०८२ कार्तिक १६ गते शनिवार | 2025 November 1st Saturday

प्युठान सेवा समाज दोहा कतारद्वारा विद्यालयमा अक्षकोष स्थापना

प्यूठान सेवा समाज दोहा कतारले आफ्नो १६ औ स्थापना दिवसको अवसरमा आफ्नो गृहजिल्लामा अक्षकोष स्थापना गरि रकम हस्तान्तरण गरेको छ ।

प्यूठानीहरूको एकता मिलीजुली र सहकार्यको आवश्यकता भन्ने मूल नाराका साथ २००९ मा स्थापना गरिएको संस्थाले स्थापना कालदेखि प्यूठान जिल्लाबाट रोजगारीको सिलसिलामा कतारमा रहेका प्यूठाननीहरुको समस्यामा परेका दुःखी पीडित असहायहरुको लागि आर्थिक नैतिक भौतिक एबम नेपालमा भै परी आएको समस्याहरूमा सहयोग गर्दै आइरहेको छ।

संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा जिल्लामा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अक्षयकोष स्थापना गरेको हो । कार्यक्रमबाट उठेको आर्थिक रकम आज २०८२ कार्तिक १३ गते झिम्रुक गाउँपालिका वडा नं २ मैदाना स्थित श्री बाल ज्योति प्राथमिक विद्यालयलाई अक्षयकोष स्थापनाको लागि रु:- ५१,१५१/अक्षरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ रकम संस्थाका महासचिव टंक प्रसाद पोख्रेलले हस्तान्तरण गर्नु भएको थियो।

झिम्रुरुक गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण पोख्रेल प्रमुख अतिथि र सोही वडाका सदस्य बेगम पोख्रेलको सञ्चालनबाट अगाडी बढेको सो कार्यक्रममा प्युठान सेवा समाज दोहा कतारका पूर्व कोषाध्यक्ष नवराज केसी, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गिता महतरा, विद्यालयका प्रधानाध्यापक तेजकला चुदाली एबम शिक्षक शिक्षिका, विद्यार्थीहरू साथै सबै अबिभावकहरुको उपस्थिति रहेको थियो।

सो हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिले आफ्नो देशमा रोजगारीको समस्याले घरपरिवार जिविकोपार्जनको लागि प्रवासमा रहेर पनि आफ्नो देश प्रति महत्वपूर्ण योगदान गर्नु भएकोमा प्यूठान सेवा समाज कतारका सबै टिमहरुलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस