२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

नेपाली महिला समाज कतारले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम गर्ने

दोहा- नेपाली महिला समाज कतारले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।

“नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ वि.स. २०६९ सालमा स्थापना भएको समाजले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको हो।

यहि २० जनवरी शुक्रबारका दिन सहानिया स्थित अलदोसरी गार्डेनमा हुने कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाईदिन कतारमा स्थापित सम्पूर्ण सामाजिक तथा वैचारिक संघ-संस्थाका प्रमुखहरु, व्यवसायी, संचारकर्मी, कलाकार तथा साहित्यकारहरु, साथै कतारबासी सम्पूर्ण दाजुभाई तथा दिदि बहिनिहरु सबैमा आयोजकले अनुरोध गरेको छ।

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित वनभोज आयोजना गर्न लागेको यस समाजले प्रवासी महिलाहरुको हकहित तथा विविध सामाजिक गतिविधिमा उल्लेख्य योगदान दिदै आएको छ ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस