२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

अनेसास नवोदिताको १३१ औं डबली सप्पन्न 

दोहा-लामो समयदेखि नेपाली भाषा र साहित्यको सम्बर्द्धन गर्दै लगातार चलाईरहेको अनेसास नवोदित  डबलीको १३१ औ शृंखला सम्पन्न भएको छ।

ठिक समयमा शुरु हुने र तोकिएकै समयमा सकिने डबली गोर्खा रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको थियो।
डबलिको बिशिस्ट श्रोताको रुपमा सामाजिक अभियन्ता भीम बराईली रहेका थिए भने एक दर्जन भन्दा बढी कवि तथा गजलकार हरुले आफ्नो सिर्जना सुनाएका थिए।कार्यक्रमको सहजीकरण नारायण निर्जल भण्डारीले गरेका थिए।

विशिष्ट श्रोता बराइलीले डबलीमा बोल्दै भने दोहामा रहेका सामाजिक संस्थाले यो डबलीबाट सिक्नु पर्ने धेरै कुरा रहेका बताए।
कार्यक्रम भनेको समयमा नै शुरु हुने र भाषणरहित हुने भएकाले आँफूले नयाँ अनुभव गरेको बताउँदै आउने कार्यक्रम सकेसम्म नछुटाउने बताए।

वाचन  शृंखलामा सानु थपलिया,सुरेश परिवार, खेमराज सुबेदी, अकबर मिया , नारायण भण्डारी, श्यामराज रानाभाट, टीका खड्का, लेख कार्की, दिलिप पराजुली, सिताराम थापा, मणि पौडेल आदिले आफ्नो वाचन गरेका थिए।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस