२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

बाग्लुङ सेवा समाज कतारले बृहत रक्तदान कार्यक्रम गर्दै

दोहा-बाग्लुङ सेवा समाज कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

समाजले नेपाली रक्तदाता संघ कतारको समन्वय बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो।

फेब्रुअरी २४ तारिक शुक्रबारका दिन हमाद अस्पतालको ब्लड डाेनर सेन्टरमा कार्यक्रम आयोजना गरिएको हो।

कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाहरू पत्रकारहरू,बुद्धिजीवी,समाजसेवी, व्यवसायीहरू लगायत कतारलाई कर्मथलो बनाएर रहेका सम्पूर्ण नेपालीहरुलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम बिहान ८ बजे देखि सुरु हुनेछ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस