२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

नयाँ वर्ष २०८० को अवसरमा कतारमा नेपाली मेलासहित वृहत् सांस्कृतिक कार्यक्रम हुने

दोहा-नयाँ वर्ष २०८० को अवसरमा कतारमा नेपाली मेलासहित वृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए),राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय र कतारमा स्थापित नेपाली संघ संस्थाहरूको संयुक्त आयोजनामा नेपाली मेलासहित वृहत् सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

आगामी २८ अप्रिल शुक्रबारका दिन कतारको मुख्य पर्यटकीयस्थल कर्नेचमा अवस्थित फ्ल्याग जोनमा हुने कार्यक्रममा गायिका मेलीना राई,एलिना चौहान,लोक तथा दोहोरी गायक श्याम राना, मोडल तथा अभिनेत्री साक्षी लम्साल, कार्यक्रम प्रस्तोता विवेक खतिवडा आउने भएका छन्।

नेपालबाट आमन्त्रित कलाकारसँगै स्थानिय कलाकारहरूको पनि सांगीतिक प्रस्तुति रहने कार्यक्रम सफल बनाउन कतारमा रहेका सबै संघसंस्था तथा नेपालीहरूलाई आयोजकले आग्रह गरेको छ ।

नेपालबाट चर्चित कलाकारहरु ल्याएर यसरी खुल्ला ठाउमा कतारमा पहिलोपटक आयोजना गरिएको कार्यक्रममा दोहामा रहेका इच्छुक सामाजिक तथा अन्य संघसंस्थाहरुले पनि कतारी ३ सय रियल शुल्क तिरेर समन्वयको भूमिका निर्वाह गर्न सक्नेछन ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस