२०८३ जेष्ठ २२ गते शुक्रवार | 2026 June 5th Friday

असरद सेखको उपचारका लागि आर्थिक रकम सहयोग

दोहा– आर्थिक अवस्था कमजोर भएका १९ महिने बालक असरद शैखको उपचारका लागि कतारमा रहेका वि आर फेमिलि ग्रुप्स,गोल्डेन स्टाेन ज्वलरि र साहिल सेखको मातहतमा रहेका सहयोगी हातहरुद्वारा आर्थिक रकम सहयोग गरेका छ्न।

संकलित ६२ हजार २ सय ९० रुपैयाँ  सुनसरीको धरानमा समाजसेवि सृजना कटवालको नाममा पठाएको हो ।
भद्रपुर-५ निवासी संकर बस्तीका बालक सैखको टाउकोको अप्रेसन गर्नुपर्ने जरुरी भएकोले मेची प्रादेशिक हस्पिटलमा उपचार सम्भावना नभएर धरान घोपाक्याममा उपचार भईरहेको छ ।

लामो समयदेखि बालक शैखको टाउकोमा ईन्फेक्सन भई हाल धरान घोपाक्यामको आईसियुमा उपचार भइरहेकोले छ भने तत्काल उनको टाउकोको अपरेसन गर्नु भएको हुनाले उनलाई आर्थिक रकम सहयोग गरेको समाजसेवि तथा वि आर फेमिलि ग्रुपका यादब खनालले बताए । बालकको ज्यान बचाउ अभियानमा रहेकि समाजसेवि भावना क्षेत्रिले बाबुको उपचारका लागि अझै २१ दिन समय लाग्ने बताईन।

उपचारका लागि  प्रत्येक दिन आठ हजार रुपैयाँ खर्च लागिरहेको छ । बालक सेखका आमाले जो कोहिले पनि बाबुको उपचारका लागि सहयोग गरिदिन ९८१५००६३६४  नम्बरमा सम्पर्क गर्न आग्रह गरेकी छन  ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस