२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

पल शाह कतार आउदै

दोहा– चर्चित नायक तथा मोडल पल शाह कतार आउने भएका छन् । वाटर गेट लाउन्ज एन्ड क्लबले बकर इदको अवसरमा आयोजना गर्न लागेको इद धमाकामा आफ्नो प्रस्तुति दिन शाह कतार आउन लागेका हुन।

शाह सँगै नेपालबाट युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी पनी कतार आउने भएकी छिन । अधिकारीका लोक दोहोरी लगायत सुगम बिदाका सयौँ गीत बजारमा हिट छन् ।

इदको सार्वजनिक बिदाको अवसर पारेर  इद धमाका २०२३ आयोजना गरिएको क्लब सञ्चालक उत्तम गुरुङले जानकारी दिएका छन।

उनले हरेक शुक्रवार क्लबमा नेपालीहरूका लागी नेपालबाट ख्याति प्राप्त कलाकार ल्याई मनोरञ्जन प्रदान गर्ने गरेको बताउँदै अन्य दिनहरूमा विभिन्न राष्ट्रका चर्चित कलाकार ल्याउने गरेको बताए ।

लुसेलमा अवस्थित वाटर फन्ट होटेलको तेस्रो तलामा आगामी बिहीबार दिउसो ४ बजेबाट सुरु हुने धमाकामा प्रवेश शुल्क पुरुषका लागी १ सय र महिलाका लागी ५० कतारी रियाल कायम गरिएको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । टिकट काउन्टरमै उपलब्ध हुने अर्यालले बताए ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस