२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

प्लाजा मल सनैयामा खुल्यो चौधरी चक्लेट सप

 

दोहा,

लामो समय देखि दोहालाई कर्मथलो बनाएर रहेका सुनसरीका तीन जना चौधरी दाजुभाइले सनैयामा रहेको प्लाजा मल भित्रको सप नम्बर २३१ मा (सानफोर्ड सोरुम भित्र)नयाँ चौधरी चक्लेट सपको सुरुवात गरेका छन ।
बुधनारायण चौधरी, जीवन चौधरी र अबिन चौधरीले संयुक्त रुपमा चक्लेट सप संचालन गरेका हुन । हरेक दिन नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु यो सपिङ्ग मलमा आउने र नेपाली पसल खोज्ने गरेको हुनाले यो सपको सुरुवात गरेको बुधनारायण बताउछन ।
भर्खरै मात्र पनि प्लाजा मल भित्र नै आफ्नै टेलर्स खोलेका चौधरी आउने दिनमा सनैया अन्य ठाउँमा पनि शाखा खोल्ने सोच रहेको बताउछन ।
सेरिना क्लिनिङ एन्ड हस्पिटालिटी कि सानी नानी सेरिना आचार्यले उक्त सपको रिबन काटेर उद्घाटन गरेकी थिइन । उद्घाटन समारोहमा सबैजसो श्रमिक बर्ग मात्र देखिएको उक्त सपमा उद्घाटन गरेको एक हप्तासम्म श्रमिकहरुको लागि बिशेष छुट रहने पनि चौधरीले बताएका छन ।

दोहामा रहेका हरेक नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकपटक सपमा आएर नेपाली व्यावसाय लाई हौसला बढाउन समेत चौधरीले अनुरोध गरेका छन ।

 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस