२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपाली राजदूतावास कतारले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गदै

दोहा– कतारस्थित नेपाली राजदूतावासले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु वडादशै,शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

नोभेम्बर ३ तारिक शुक्रबारका दिन दूतावासको सभाहलमा हुने मानवीय र परोकारी कार्यमा सहभागी भईदिन कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी, समाजसेवी,व्यवसायी लगायत कतारमा रहेका दाजुभाई तथा दिदिबहिनीहरुलाई नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले अनुरोध गरेका छन।

कार्यक्रम बिहान ८ बजे बाट सुरु हुनेछ ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस