२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

रोल्पाली सेवा समाज कतारको अध्यक्षमा डाँगी

दोहा-अन्तराष्ट्रिय रोल्पाली सेवा समाज कतारले तेस्रो अधिबेशन तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

अधिबेशनले गोपाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसहमत रुपमा चयन गरेको छ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा खड्का, उपाध्यक्षहरुमा क्रमस जित बहादुर परियार, मान सिङ परियार र चित्रा के सी रहेका छन ।

महासचिबमा शोभाराम ओली, सचिब सुजाता डि सी, कोषाध्यक्षमा चैन सिङ घर्ती, सह-कोषाध्यक्षमा माया केसी रहेका छन ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा माल बहादुर, दिपेन्द्र रोका मगर, अर्जुन खत्री, शिबाराम खडका, हस्तमाली डाँगी गौसरी खत्री, प्रमिला खत्री, पार्बती डाँगी, मोतिराम ओली, ओम बहादुर खड्का, दिलमाया रोका मगर र मान प्रसाद रोका रहेका छन।

नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संम्योजक मणि पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने तेश्रो अशिवेशन सङ्गै केन्द्रिय विधान अनुरुप समाजले आफनो नाम “रोल्पाली सेवा समाज कतार शाखा” नामाकरण गरेको छ ।
फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिबेशनको खुल्ला सत्र समाजका अध्यक्ष दिपेन्द्र डाँगीको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो ।
मानसिंह परियार, गुना मगर निशु, जिवन राई, कृष्ण परियार, अमृत परियार र चित्रा केसीले सागितिक प्रस्तुतीद्घारा उपस्थितलाई मनोरन्जन प्रदान गरेका थिए।

अधिबेशन मार्फत समाजलाई बिभीन्न कालखन्डमा फरक फरक भुमिकामा रहेर योदगान गर्ने व्यक्तिहरुलाई सम्मान गरीएको थियो । कार्यक्रमको सहजिकरण र कार्यप्रगती विवरण पेश शोभाराम ओलीले गरेका थिए भने गोपाल डाँगीले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस