२०८३ भाद्र २२ गते सोमवार | 2026 September 7th Monday

नेपाली महिला समाज कतारको पाँचौ महाधिबेशन हुदै

दोहा-नेपाली महिला समाज कतारको पाँचौ महाधिबेशन हुने भएको छ।

शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टमा नेपाली महिला समाज कतारको पाँचौ महाधिबेशन हुने भएको हो।

कतारमा स्थापित सम्पूर्ण जिल्ला संस्था जातीय संस्था वैचारिक संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।

“नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ प्रवासमा दुःख, पिडामा परेका नेपाली दिदिबहिनीहरुको हक, हित र अधिकारका लागि आवाज उठाउने र सकेको सहयोग गर्ने उद्देशका साथ वि. सं.२०६९ सालमा कतारमा स्थापना भएको नेपाली महिला समाज कतारले विविध सामाजिक कार्यहरु गर्दै आएको छ।

 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस