२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

कतारमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइदै

दोहा– कतारमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइने भएको छ।

नेपाली महिला समाज कतार तथा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइने भएको हो।

मार्च ८ तारिक शुक्रबारका दिन सनैया स्थित फुलबारि रेस्टुरेन्टमा शुभकामना आदानप्रदान साथै सचेतना कार्यक्रम गरेर ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउन लागिएको हो।

कतारमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरुलाई विशेष गरि कार्यक्रममा उपस्तिथिको लागि आयोजकले अनुरोध गरेको छ।

११४ औं अन्तर्राष्ट्रिय नारी दिवस “महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं”भन्ने मुल नाराका साथ मनाइदै छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस