२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

यावदको सम्झनामा सम्पर्क समितिको श्रन्द्वान्जली सभा।

दोहा । नेपाली जनसम्पर्क समिति कतारले श्रदान्जली कार्यक्रम सम्पन्न गरेको छ। सडक दुर्घटनामा परी निधन भएका नेपाली जनसम्पर्क समितिका पूर्व कार्यसमिति सदस्य जिवछ यादवको सम्झनामा दसौं दिनको पुण्यतिथिमा श्रद्वान्जली कार्यक्रम गरेको हो।

लामो समयदेखि कतारमा कार्यरत रहँदै आएका सिराहा सेवा समाज कतारका अध्यक्ष समेत रहेका जिवछ यादव वार्षिक विदामा नेपाल गएको बखत दुर्घटनामा परी सख्त घाईते भएका थिए। गत फाल्गुन ९ गते राती मोटरबाईक दुर्घटनामा परी टाउकोमा गम्भीर  चोट लागेको  थियो  । घाइते यादवको मोरंग बिराटनगर स्थित न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनको स्वास्थ्य सुधारोंमूख हुँदै गई रहेको डाक्टरहरुले जानकारी दिएका थिए , तर गत मार्च ११ तारीक बिहान अचानक स्वास्थ्यमा आएको समस्याका कारण निधन हुन् पुगेको थियो।
दुर्घटनाको खबर पाउना साथ नेपाली जनसम्पर्क समिति कतारले आन्तरिक सहकार्य मार्फत उनको उपचारको लागि हातेमालो स्वरुप रु एकलाख तेह्र हजार एकसय रुपैयाँ स्वास्थ्य खर्च प्रदान गरेको थियो।

सिराहा जिल्ला अर्नमा गाउँपालिका ४ लक्ष्मीपुर गाउँका स्थायी निवासी यादवको जन्म बिक्रम संवत २०३३ साल साउन २ गते भएको थियो। यादवका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस