२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न

दोहा-ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा नेपाली महिला समाज कतारले ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार सनैया स्थित लालिगुँरास रेस्टुरेन्टको सभाहलमा समाजले ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो।

समाजकी अध्यक्ष माया केसीको अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इस्लामिक धर्मावलम्बी तथा मौलानाहरुको मात्र उपस्थिति रहेको थियो ।

मौलाना ईशहाक नदबिले कुरान वाचन गरेर सुरु भएको कार्यक्रममा राष्ट्रिय मुस्लिम परिषद् नेपालका अध्यक्ष तथा मौलाना कासिम रैयान अलियादी (चतुर्वेदी)ले इस्लाम धर्मावलम्बीहरूको रोजा, व्रत उपवास तथा इस्लाम धर्म र महत्वका बारेमा प्रष्ट पारेका थिए ।

कतारमा स्थापित इस्लामिक संस्थाका प्रमुख तथा प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको समाजकी प्रथम उपाध्यक्ष सन्ध्या अर्यालको स्वागत मन्तव्य राखेको कार्यक्रमको महासचिव मेनुका खतिवडा भण्डारीले सहजीकरण गरेकी थिइन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस