२०८३ जेष्ठ २२ गते शुक्रवार | 2026 June 5th Friday

ईदको दोस्रो दिनअस्मिता र बसन्तले कतार बासी नेपालीलाई नचाउने

दोहा : ईदको दोस्रो दिनअस्मिता र बसन्तले कतार बासी नेपालीलाई नचाउने भएकी छन l “नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको” शुभ अवसरमा ईदको दोस्रो दिन ख्याती प्राप्त चर्चित तनहुंगे कलाकारहरु लोकदोहोरी गायिका (अस्मिता डल्लाकोटि ) र गायक “बसन्त बिस्वकर्माले कतार बासी नेपालीलाई नचाउने भएका हुन् l

बहुउधेश्यी अक्षय कोषको सहोगार्थ हुने बृहत साँस्कृतिक कार्यक्रम २०२४ मा नेपाल बाट आमन्त्रित कलाकारका साथै र कतारमै रहेका नेपालि कलाकारहरु द्वारा तनहुँको चिनारी भनेर चिनिने कौरा ( चुट्का ) बिशेस समेत समेटिने तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरिले बताए ।

“सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान,सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नाराका साथ २००४ मा कतारमा स्थापित तनुङ्गेहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखिनै प्रबास लगायत गृहजिल्लामा बिबिध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेको छ ।

बिशुद्द परोपकारी कार्यको सहोगार्थ आयोजित कार्यक्रम आउँदो बिहीबार बिहान साढे ११ बजेबाट नज्मामा अवस्थित होलिडे इन बिजिनेश पार्क होटेलको ग्राउन्ड फ्लोरको हलमा हुने कार्यक्रमको तयारी लगभग पूरा भएको समाजका अध्यक्ष पदम गिरीले बताए । उनले कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशुद्ध मौलिकताले भरिपूर्ण कार्यक्रम हेर्नका लागि आमन्त्रण समेत गरेका छन् । गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला सस्थाहरु  सहित अन्य केहि सस्थाहरु सहयोगी सस्थाका रुपमा  रहेका छन l

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस