२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

अस्मिता र वसन्त कतारमा तनहुँ सेवा समाज कतारले गर्यो स्वागत

कतार: लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक वसन्त विश्वकर्मा बुधबार दिउँसो कतार आईपुगेका छन् l उनीहरु भोलि हुने वृहत् सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन कतार आएका हुन् l अस्मिता र वसन्तलाई तनहुँ सेवा समाज कतारले स्वागत गरेको छ l

नेपालीहरुको नयाँ बर्ष २०८१-तथा ईस्लाम धर्मावलम्बीको पवित्र महान पर्व “ईद उल फितरको” अवसरमा तनहुँ सेवा समाज कतारले आयोजना गरेको वृहत् सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन कतार आएका कलाकारहरुलाई स्वागत गर्नको लागि तनहुँ सेवा समाज कतारका अध्यक्ष, महासचिव, कार्यसमितिका पदाधिकारी लगायत अन्य व्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।

“सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको  योगदान, सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नारालाई आत्मसाथ गर्दै  बहुउद्देश्यीय अक्षयकोषको काेष अभिवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष पदम गिरीले जानकारी दिए। गिरीले कलाकार कतार आईपुगेसँगै कार्यक्रमको तयारी सकिएको र कलाकार हरु कतारमा रहका नेपलीलाई मनोरंजन दिन आतुर रहेको बताएका छन् ।

ईदको दोस्रो दिन बिहिबार तय भएको कार्यक्रम होलिडे ईन बिजनेश पार्क होटेलको ग्राउन्ड फ्लोरमा दिनको ठिक साढे ११ बजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रमको कार्यतालिका रहेको छ ।

कार्यक्रममा सम्पूर्ण कतार बासी नेपाली लाई उपस्थितिको लागि तनहुँ सेवा समाजले अनुरोध समेत गरेको छ। कार्यक्रममा तनहुँको चिनारी “कौरा” विशेष प्रस्तुतिसँगै कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस