२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

पर्वत समाज कतारको भोली हुने साँस्कृतिक कार्यक्रममा निशुल्क प्रवेश ।

दोहा । पर्वत समाज कतारले “वार्षिक साधारण सभाको अवसरमा बहुदेश्यीय अक्षय कोष स्थापनार्थ विविध सांस्कृतिक कार्यक्रम  भोलि शुक्रबार गर्ने भएको छ ।

कार्यक्रममा राष्ट्रीय तथा  कतारका स्थानीय नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहने  कार्यक्रममा यातायातको सुविधा सहित प्रवेश निशुल्क रहेको छ ।

 

 कार्यक्रममा युकेबाट पर्वते राजाले परिचित लोकदोहरी गायक आर.सी पौडेल  कोरियोग्राफर सिम्रन श्रेष्ठ , तथा गैरआवासीय नेपाली ताराका विजेता  रुस्तम तामाङ, नृत्य विधामा प्रथम नृत्याङगाना निरु श्रेष्ठ सहित कतारलाई कर्मथलो बनाएका  कलाकारहरुको प्रस्तुतिमा बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संस्थाले बहुदेश्यीय अक्षय कोष स्थापना गर्ने उदघोष गरि आगामी अप्रील २६ तारिख नज्मा स्थित कलिकोट रेष्टुरेन्टमा विविध साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा साधारण सभा मनाउन लागेको हो । अक्षयकोष मानवीय सहयोगलाई थप व्यवस्थित र दीर्घकालीन बनाउनको लागि पर्वत समाज कतारको संरक्षकत्वमा बहुदेश्यीय अक्षय कोष स्थापना गर्न लागिएको अध्यक्ष रघुनाथ शर्माले बताए  । उनले  सेवाका लागी स्थापना गर्न लागिएको  पवित्र अभियानमा आफुले पनि सबैबाट साथ सहयोग अपेक्षा गरेको बताए ।संस्थाले कार्यक्रममा सहभागिताको लागि कतारमा स्थापीत सम्पुर्ण संघ–संस्था, समाजसेवी, बुद्धीजीवी एवं पत्रकार ज्युहरुलाई निमन्त्रणा पठाई सकिएको भन्दै सहभागिताको लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस