२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

कतारमा आदिवासी जनजाति महासंघको समानान्तर तदर्थ समिति गठन

दोहा । कतारस्थित  असन्तुष्ट जनजाति मातृ संस्थाका पदाधिकारीहरूको विशेष बैठकले  नेपाल आदिवासी जनजाति महासंघ कतार समानान्तर तदर्थ समिति गठन गरेका छन् ।

असन्तुष्ट मातृ संस्थाका पदाधिकारीहरूको २९ जुलाईमा बसेको बैठकले इन्द्र तामाङकाे संयोजकत्वमा  ७ सदस्सीय तदर्थ समिति गठन गरेकोछ । समितिको  सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी थेगुवा लिम्बू र गजेन्द्र राई रहेका छन् ।

हालको अबस्थामामा  समानान्तर रुपमा देखिको  कतारमा स्थापित जनजातिहरुको मातृ संस्थामा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार, तमु पे ल्हु संघ शाखा कतार, नेपाली धानुक समाज कतार, राजवंशी समाज कतार ,माझी सेवा समाज कतार लगायतको संस्थाले प्रारम्भिक समितिको तयारी गरिएको बताइएकोछ ।

 विभिन्न चरणको  बार्ता र एकताको असफल प्रयास र बेवास्ता कारण आफुहरु आगाडी बडेको संयोजक तामाङले बताएका छन ।  आगामी दिनमा अन्य आदिवासी संस्थालाई समेट्दै शाखा कतार स्थापना गरिने तदर्थ समितिको निस्कर्ष रहेको छ । समितिको बैठकले निकट भविष्यमा नै संस्थाले संघीय समितिसंग स्वीकृती लिएर आधिकारिक शाखा स्थापना गरी पहिलो अधिवेशन  गर्ने जनाएको छ।

 

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस