२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

विश्व मानवता दिवसको अवसरमा नेपाली रक्तदाता संघ कतारद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २१ जनाले गरे रक्तदान

दोहा, कतार – नेपाली रक्तदाता संघ कतारको आयोजनामा हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा विश्व मानवता दिवसको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संघको जानकारी अनुसार छोटो समयमा गरिएको तयारीका बाबजुद ४१ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा २१ जना नेपालीले रक्तदान गरेका थिए।

यस पटक हमाद अस्पतालको अनुरोधमा गरिएको यस कार्यक्रमलाई नेपाली समुदायको विभिन्न संघसंस्थासँग समन्वय गरेर आयोजना गरिएको थियो। संघका अध्यक्ष रामजी खत्रीका अनुसार कतारमा रगतको अभाव देखिएको कारण मानवीय सेवाका लागि यो विशेष अवसरमा कार्यक्रमको आयोजना गरिएको हो।

रक्तदान कार्यक्रममा संघका सल्लाकार विमल सुवेदी, ठाकुर कुमार परियार, संरक्षक हंस राज ढकाल, पत्रकार तीलु शर्मा पौडेल लगायत २१ जनाले रक्तदान गरेका थिए। सहभागीहरुलाई नेपाली ढाकाको टोपी, संघले प्रकाशित गरेको भित्ते पात्रो र संघको लोगो अंकित ब्याच प्रदान गरी सम्मान गरिएको थियो। रक्तदान बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो।

 

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस