२०८३ साउन १८ गते सोमवार | 2026 August 3rd Monday

नेपाली जनसम्पर्क समिति कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्दै

दोहा-नेपाली जनसम्पर्क समिति कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी ३ तारिक शुक्रबारका दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागीएको हो ।

कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई रक्तदान गरि दिन आयोजकले अनुरोध गरेको छ।

“रक्तदान गरौं जीवन बचाऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै बिहान ८ बजेबाट दिउँसो १२ बजे सम्म रक्तदान कार्यक्रम चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस