२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

डाक्टर योगी विकासानन्द कतार आउदै

दोहा– डाक्टर योगी विकासानन्द कतार आउने भएका छन।
विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले आयोजना गरेको योग साधना कार्यक्रमको लागि विकासानन्द कतार आउने भएका हुन।

विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले फेब्रुअरी २१ तारिक शुक्रबारका दिन नेपाल मनोक्रान्ति योगका श्रष्टा विकासानन्दको समुपस्थितमा योग साधना कार्यक्रम गर्ने एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो।

“संसार बदल्नु छ भने शुरूवात आफैबाट गर्नपर्छ” भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने विकासानन्दद्वारा कतारमा योग, ज्ञान योग,ध्यान, साधनाका साथै आध्यात्मिक प्रवचन हुने आयोजकले जनाएको छ।

दोहास्थित प्लाजा इन होटेलमा हुने कार्यक्रमले कतारमा मानिसहरूमा बढ्दो,मानसिक,शारीरिक समस्या डिप्रेसन, एन्जाइटी,असफल प्रेम र विभिन्न चिन्ताको विकराल जालोबाट उन्मुक्ति गराई नयाँ जोस र जाँगरका साथ जीवनशैली बदल्नका लागि सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका कतारकी संयोजक उर्मिला खत्रीले जानकारी दिईन।

 

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस