२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

३०३ औं पृथ्वी जयन्ती कतारमा पनि मनाइदै

दोहा -“नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आउँदो शुक्रबार ३०३ औं पृथ्वी जयन्ती कतारमा पनि मनाइने भएको छ ।

प्रवासी नेपाली एकता समाज (पानस) कतारको आयोजनामा ३०३ औं पृथ्वी जयन्ती आउँदो शुक्रबार १० जनवरी २०२५ का दिन “प्लाजा मल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा” भब्यताका साथ मनाउन लागीरहेको पानसका अध्यक्ष तिलक श्रेष्ठले जानकारी दिएका छन ।

वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।

उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ

भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ ।

शुभ-कामना आदान प्रदान सहित हुने ३०३ औं पृथ्वी जयन्ती कार्यक्रम राप्रपा केन्द्रिय सदस्य दिपक उप्रेतीको प्रमुख आथित्यमा हुने छ ।

कार्यक्रममा दोहा बासी सम्पुर्ण नेपालीहरुमा गरिमामय उपस्थितिको लागि प्रवासी नेपाली एकता समाज, (पानस) कतारका महामन्त्री करण सिंह बोहराले अनुरोध गरेका छ्न ।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस