२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

कतारमा पर्वतेलीहरुको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन

दोहा-पर्वत समाज कतारको आयोजनामा आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम सम्पन भएको छ ।

शुक्रबार समाल रोड ६६ नं बृज लेफ्ट साइडमा पर्वतेलीहरुको विचमा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन भएको हो ।

 

पर्वतेलीहरुका विचमा आयोजना गरिएको कार्यक्रममा तीन सयभन्दा बढीको उपस्थिती रहेको समाजका सचिव सेवक विकले जानकारी दिएका छन ।

कार्यक्रममा उपस्थितिलाई परियार मित्रता समाज कतारको पञ्चेवाजा समुहले छमछमी नचाएका थिए ।

कार्यक्रममा बोल्दै समाजका संरक्षक छविलाल भट्टराईले समाजले गरेको कार्यक्रमले पर्वतेलीहरू बिचको आत्मियता बढाउन सहयोग गरेको बताएका थिए । उनले अन्य संघ, सस्था र समाजहरूसंग समेत मित्रता र परिचय गर्न गराउन कार्यक्रमले सहयोग गरेको बताए ।

कार्यक्रममा सम्पूर्ण सहभागीको तर्फबाट बोल्दै समाजसेवी होमनाथ शर्माले पर्वत समाजले लामो समयदखी आफुलाई अब्बल सावित गर्दै काम गरिरहेको बताएका थिए।

आपासी भद्भाव, सदासयता कायम गर्दै कतारमा स्थापित अन्य संघ संस्थाहरुसँग समेत मित्रावत सम्बन्ध स्थिापित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष ओम बहादुर क्षत्री सन्तोषले बताए ।आफुहरु भर्खरमात्र समाजमा निर्वाचित भएको आएको बताउँदै उहाँले सल्लाह सुझाव र गुनासा समेत बुझनका लागि कार्यक्रमको आयोजना गरेको बताएका थिए।

समाजका अध्यक्ष सन्तोष क्षत्रीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष टिकाराम भुसालले र सञ्चालन सचिव सेवक विकले गरेका थिए ।

साँस्कृतिक कार्यक्रमको सञ्चालन सह सचिव कृष्ण दर्लामीले गरेका थिए।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस