२०८३ साउन १८ गते सोमवार | 2026 August 3rd Monday

सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम सफल पार्नेलाई तामाङ समाजको सम्मान

दोहा : नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

“तामाङ जातिको परिवर्तन ,शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन २००५ मा स्थापित समाज कतारद्वारा मिति ३१ जनवरी २०२५ शुक्रबारका दिन सम्पन्न मञ्जूश्री संम्वत् २८६१ सोनाम ल्होछार “बृहत साँस्कृतिक कार्यक्रम” सफल पार्न उल्लेखनीय भुमिका खेल्ने प्रायोजक, सहयोगी संस्थाहरु,पत्रकार, कलाकार लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डिएन मगरले कतारमा रहेका तामाङ दाजुभाइ लाई एकजुट बनाउन र तामाङ कला संस्कृतिको प्रवर्द्धन, सम्बर्द्धन गर्न लागेका लाई यस्ता कार्यक्रमले उर्जा मिल्ने बताए ।

मगरले कतारमा रहेका नेपाली सहित तामाङ दाजुभाइ हरूले आफ्नो कला, संस्कृति र पहिचानलाई जोगाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थिति कलाकारहरूले तामाङ सेलो लगायतका विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए।

कार्यक्रममा समाजका संरक्षण शंखलाल तामाङ, लामा गुरु सहित कतारमा रहेका तामाङ सहित नेपाली समुदायका अगुवा, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति शुबास तामाङले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरे।

संस्थाका महासचिव श्री पाखृङ तामाङले सहजीकरण गरेको कार्यक्रमको स्वागत मन्तव्य प्रथम उपाध्यक्ष आशिस मोक्तान तामाङले राखेका थिए ।

कार्यक्रममा भाग्यशाली उपहार चिट्ठा कार्यक्रम राखिएको थियो । जस्मा पुरस्कार जित्ने निम्न व्यक्तित्व हरु रहेका छ्न ।

भाग्यसाली बिजेताहरु

१) प्रथम पुरस्कार, – सुन

नाम: रितिक तामाङ

टिकट न. 000070

मोबाईल न. 33098809

२) दृतिय पुरस्कार , – I pad

नाम: प्रेम लिम्बु

टिकट न. 01070

मोबाईल न.70684140

३) तृतीय पुरस्कार, – मोबाईल

नाम: Francis Reqleza

टिकट न. 00483

मोबाईल न. 33847214

४) सान्त्वना पुरस्कार – smart watch- ५ जना

क) बिस्नु दमाई, टिकट न. 00752

मोबाइल न. 55598832

ख) अशोक आले मगर, टिकट न. 01145

मोबाईल न. 31010440

ग) किराया साख कतार, टिकट न. 01286

मोबाईल न. 55982384

घ) बिस्नु सुनुवार , टिकट न. 01255

मोबाईल न. 31163973

ङ) बिनोद गोले, टिकट न. 01182 रहेका छ्न ।

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस