२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

कतारमा बाँके समाजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

दोहा : बाँके सेवा समाज कतारले “बृहत रक्तदान कार्यक्रम ” सम्पन्न गरेको छ ।

“लुम्बिनी प्रदेश समन्वय परिषद् कतार सँगको समन्वयमा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा “रक्तदान कार्यक्रमको” आयोजना गरिएको समाजका महासचिव गुमान सिंह खत्रीले बताए ।

“रक्तदान कार्यक्रममा १०४ जनामध्ये ४५ जनाले रक्तदान गर्न सफल भएका थिए । विविध कारणबस ३३ जनाले रक्तदान गर्ने अवसरबाट वञ्चित भएको जानकारी महासचिव खत्रीले गराए ।

समाजले पहिलोचोटि गरेको “रक्तदान जस्तो पुन्य कार्यमा कतारमा स्थापित वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि, सामुदायिक, सामाजिक, सांगीतिक संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कलाकारहरू सहित कतारमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कतारस्थित राष्ट्रिय रक्तदान केन्द्रमा रक्तदान गरौं, जीवनदान गरौं” भन्ने मुख्य नाराका साथ आयोजित कार्यक्रममा समाजका अध्यक्ष संस्थाका अध्यक्ष गोविन्द जङ्ग शाहले कार्यमा सहभागी सबै रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरे ।

रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो।

 

 

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस