२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

झापाली समाज कतारको आयोजनामा आन्तरिक बनभोज तथा विविध साँस्कृतिक कार्यक्रम सप्पन्न

दोहा– झापाली समाज कतारले आन्तरिक बनभोज तथा विविध साँस्कृतिक कार्यक्रम सप्पन्न गरेको छ ।

कतारमा रहेका झापालीहरुका विचमा आपसी चिनजान भद्भाव, सदासयता कायम गर्न मार्च ३० तारिकका दिन झापाली समाज कतारले आन्तरिक बनभोज तथा विविध साँस्कृतिक कार्यक्रम सप्पन्न गरेको हो।

समाजका अध्यक्ष चानिलाल राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा कोशि प्रदेश समन्वय परिषद कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख आथित्यता रहेको थियो ।

समाल मजरा,६६ बृज लेफ्टसाइडमा सम्पन्न कार्यक्रममा झापाली समाज कतारका संरक्षक,सल्लाहकार,संस्थाका पूर्व पदाधिकारी तथा सदस्य, सामाजिक अभियन्ता, साथै झापाली र गैर झापाली दाजुभाइ दिदिबहिनी गरि पाँच सय भन्दा बढीको सहभागिता रहेको थियो ।

झापाका एतिहासिक सन्थाल नृत्यहरुसँगै विभिन्न कलाकारद्वारा मनोरञ्जन गराइएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई कार्यक्रम संयोजक गणेश प्रसाद दुलालले स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको सहजीकरण झापाली समाज कतार महासचिव बिमल भारती र सचिव सारदा भुजेलले गरेका थिए।



सम्पुर्ण झापाली एक हौँ देश निर्माणमा एक बनौँ” भन्ने मुल नाराका साथ सन् २००४ मा स्थापना भएको झापाली समाज कतारले विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस