२०८३ जेष्ठ २६ गते मङ्गलवार | 2026 June 9th Tuesday

अर्घाखाँची सेवा समाज कतारको छैठौं अधिबेशन हुदै

दोहा– अर्घाखाँची सेवा समाज कतारको छैठौं अधिबेशन हुने भएको छ ।

प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ अर्घाखाँची सेवा समाज कतारले आफ्नो छैठौं अधिवेशन गर्ने भएको हो ।

अर्घाखाँची बाट बैदेसिक रोजगारी तथा व्यवसाय गरि कतारमा बसेका जिल्ला वासीहरुको साझा संस्थाको रुपमा चिरपरिचित समाजको छैठौं अधिबेशन अप्रिल ११ तारिक शुक्रबारका दिन, सनैयामा स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा हुनेछ ।

अर्घाखाँची बाट कतारमा रहदै आएका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भैई दिन समाजका अध्यक्ष बिष्णु कुवरले आग्रह गरेका छन।

कतारमा रहेका सम्पूर्ण सामाजसेबी बौद्धिक व्यक्तित्व, विभिन्न बैचारिक संगठन प्रमुखहरु एंव संघ संस्थाका प्रमुखहरु, पत्रकार ,कलाकार साहित्यकार मा,पत्रचार गरिएको जानकारी गराउदै समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा गरिमामय उपस्थिति जनाई अधिबेशन भव्य सभ्य रुपमा सफल पारिदिन आयोजकले आग्रह गरेको छ।

सन : २००६ मा स्थापना भएको समाजले स्थापना काल देखिनै सामाजिक कार्यमा अग्रसर संस्थाले जिल्लामा मात्र सिमित नभएर नेपालका विभिन्न ठाउँका दुखी पिडित र असायहरुलाई उद्धार तथा आर्थिक नैतिक रुपमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस