२०८३ जेष्ठ २६ गते मङ्गलवार | 2026 June 9th Tuesday

३१ औं विश्व आदिवासी जनजाति दिवस दोहा कतारमा भव्य रूपमा सम्पन्न

दोहा, । नेपाल आदिवासी जनजाति महासंघ, कतारको आयोजनामा तथा महासंघ अन्तर्गत आबद्ध मातृ संस्थाहरूको संयोजनमा ३१ औं विश्व आदिवासी जनजाति दिवस २०२५ दोहामा विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

 

“प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, UNDRIP र ILO-169 सम्बन्धी सर्वोच्च अदालतको निर्देशानुसार आदेश कार्यान्वयन गर” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा आदिवासी समुदायको हक, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको पक्षमा आवाज बुलन्द गरिएको थियो।

 

कार्यक्रममा विविध आदिवासी संस्कृति झल्किने परम्परागत पहिरन, झाँकी र सांस्कृतिक प्रस्तुतिहरूले सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो। नेपालमा रहेका आदिवासी जनजातिको विविधता र मौलिकताले भरिपूर्ण प्रस्तुति प्रमुख आकर्षण बनेको थियो।

 

कार्यक्रममा कतारमा रहेका विभिन्न देशका समुदायहरू 🇮🇳 भारत कम्युनिटी🇧🇩 बङ्गलादेश कम्युनिटी🌍 अफ्रिकन कम्युनिटी🇵🇰 पाकिस्तान कम्युनिटी🇵🇭 फिलिपिन्स कम्युनिटी🇱🇰 श्रीलंका कम्युनिटी लगाएका अन्तर्राष्ट्रिय समुदायका प्रमुख तथा प्रतिनिधि हरुले समेत  शुभकामना सन्देश  दिएका थिए ।  उनीहरूले आदिवासी समुदायको मौलिक अधिकार र पहिचानको संरक्षणका लागि गरिएको यस प्रकारको पहलको खुलेर प्रशंसा गर्दै, यस्तो बहुसांस्कृतिक सहभागिताले समुदायबीचको सहकार्य र समझदारी अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष  राकेश श्रेष्ठले कार्यक्रममा सहभागिता जनाउने सबै अतिथि, सांस्कृतिक टोली, समुदाय प्रतिनिधिहरू र स्वयंसेवकहरूलाई आयोजक संस्थाहरुको तर्फबाट   आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । भने, कार्यक्रमको सञ्चालन महासंघका महासचिव हरि महतोले  संचालन गरेका थिए ।

Oplus_131072

 

प्रकाशित मिति : २०८२ साउन २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस