२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

कोशी प्रदेश समन्वय परिषद्, कतारको अन्तिम परिषद् भेला भव्य रूपमा सम्पन्न

दोहा,कतार

कोशी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा “अन्तिम परिषद् भेला–२०८२” भव्य र सफलता पूर्वक सम्पन्न भएको छ। भेलामा १२ वटा जिल्ला संस्थाका परिषदहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष चूडामणि कार्कीले विगतमा परिषद् बाहिरिएका जिल्ला परिषद्हरू पुनः परिषद् भित्र फर्किनु सकारात्मक र उत्साहजनक कदम भएको बताउँदै भने,

“हाम्रो साझा घरमा फर्किनु भएका सबै जिल्लाका प्रतिनिधिहरूलाई म हार्दिक स्वागत गर्दछु। हाम्रो एकता र सहकार्यले यो प्रदेशलाई दोहाको अब्बल संस्था बनाउन सक्ने विश्वास म राख्दछु।”
भेलामा विगतका गतिविधिहरूको समीक्षा, आगामी कार्ययोजना तथा संस्था सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।


कार्यसमितिको अन्तिम बैठकले तेज कटुवालको संयोजकत्वमा रुद्र शर्मा, बालकृष्ण भित्रिकोटी, गोपाल बस्नेत र तिल विक्रम मगर सदस्य रहने गरी विधान संशोधन समिति पनि गठन गरेको थियो भने समितिले संशोधित विधान प्रस्तुत गरेको थियो ।

कार्यक्रममा कलाकार खड्ग बस्नेत, सौरभ आचार्य, लक्ष्मी कार्की, अजय कुमार, सजिना दाहाल बस्नेत, सृजना नेपाल र सुमित्रा भट्राटराईले आफ्ना मनमोहक प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए।

कार्यक्रमका सभापति कोशी प्रदेश समन्वय परिषद्, कतारका अध्यक्ष पदम कुमार घिमिरेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी नोभेम्बर २८ मा हुने अधिवेशनमा सबैको उपस्थित र सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमलाई महासचिव पदम सिम्खडाले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस