२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

एनआरएनए श्रमिक कल्याणकारी कोषबाट स्यामुअल (श्याम) लाई एक लाख रुपैयाँ सहयोग ।

दोहा (कतार) — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारको सिफारिसमा आईसीसी श्रमिक कल्याणकारी कोषबाट स्यामुअल (श्याम) लाई एक लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।

 

कतारको राष्ट्रिय दिवसको अवसरमा आयोजित मिलन कार्यक्रममा एनसीसी कतारका अध्यक्ष पदम गिरीले उक्त सहयोग हस्तान्तरणबारे जानकारी दिएका हुन्। उनले एनसीसी कतारको पहल र सिफारिसका आधारमा आईसीसी श्रमिक कल्याणकारी कोषबाट सहयोग उपलब्ध गराइएको स्पष्ट पारे।

 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी एनसीसीका पूर्व अध्यक्ष तथा आईसीसी मानार्थ सदस्यले पनि सहयोग हस्तान्तरणसम्बन्धी जानकारी साझा गरेका थिए।

 

त्यसैगरी अध्यक्ष गिरीले एनसीसीद्वारा संकलित अतिरिक्त सहयोग रकम समेत केही दिनभित्र स्यामुअल (श्याम) सुनुवारको खातामा जम्मा गरिने जानकारी दिए।


सेउक्त कार्यक्रम कतारको राष्ट्रिय दिवसको अवसरमा नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र एकताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको थियो।

प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस