२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

लोकदोहोरी प्रतिष्ठान प्रति कलाकार घलेको असन्तुष्टि

दोहा , लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखाको तेस्रो अधिवेशन सम्पन्न भए संगै पुर्व उपाध्यक्ष नानू घलेले असन्तुष्टि व्यक्त गरेकी छन । घले सस्थापक महिला उपाध्यक्ष समेत हुन ।

तेस्रो अधिवेशनमा अध्यक्षका चार प्रतिस्पर्धी मध्य उनी पनि एक थिईन । प्रमुख सल्लाहकारले समेत मंचबाटै यसपाली महिलालाई प्राथमिकता दिने बताउदा आफू निकै खुशी भएको बताईन । सस्थापक महिला उपाध्यक्ष भएको हुदा संस्थागत वरिष्ठताका अधारमा पनि आफू अध्यक्ष हुनेमा ढुक्क थिए ।

उनका अनुसार अधिवेशनको अन्तमा आउदा बोल्नेले बोली फेरे, सुन्नेका कान बहिरा भए, अरु दर्शक बनेर हेरिरहे । म महिला भएर आट गरेर नेतृत्व गर्छु भनेर जादै गर्दा अग्रजहरुबाट सहमति पाउन सकिन । ठिकै छ, निर्वाचन प्रक्रियाबाट पनि म तयार नै थिए, यस प्रक्रियामा पनि मलाई अबरोध खडा गरिरहे । अधिवेशनको प्रक्रियामा सरल देखिन, निरंकुशता देखे ।

यस्तो महोलले म आफुलाई असन्तुष्टिसंगै अपहेलना महशुस भयो । बिना कुनै पनि निस्कर्श म त्यहाँबाट निस्के एकाएक निर्वाचन समितीले शिव राम ढकाललाई अध्यक्ष घोषणा गरेछ । पुर्ण कार्यसमिती बन्ने कुरै भएन पुर्णकार्यसमिति नभएपछि अध्यक्ष एक्लैले शपथ पनि खाने कुरा भएन । तर अध्यक्षले अन्य सबै तिरबाट बधाई खाई रहे । म यो नाटक हेरेर नतमस्तक भई रहे ।

मलाई कुनै गुनासो रहेन, म एक साधारण कलाकार हु र त्यो मेरो कला म संग सधै रहिरहने छ । नेतृत्व लिएर संस्थागत रूपमा केही नयाँ गरौं भन्ने सोचेको महिला भएर पछि परेको अनुभव भयो । प्रतिष्ठान कै परिषद सदस्य रहेका महिला पनि महिलालाई अगाडि लैजाने भन्दा पुरुषहरुको पछि लागे । धन्यवाद छ, पुरुषबादी सोच भएका महिला दिदिबहिनीहरुलाई अनि नयाँ कार्यसमितिलाई सफलताको शुभकामना ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस