२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

हाम्रै आग्रहमा “टिकटक समाज ” गठन गरिएको हो – अध्यक्ष मुक्तदा

दोहा / गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आफुहरुकै आग्रहमा
टिकटक समाज कतार गठन गरिएको प्रष्ट पारेका छ्न ।

दोहाका केही भाइरल टिकटकहरुले समाज गठन गर्दा अध्यक्ष मुक्तदा लगायतका व्यक्तित्व हरु उट्घाटन कार्यक्रममा सरिक हुँदा फेसबुक, युटुव,ट्विटर लगायतका समाजपनि गठनगर्नु पर्ने भन्दै ब्याङ्ग गरेपछी “टिकटक समाज कतारको ” गठन गर्नुको उदेश्य खुलाएका हुन ।

दोहा नज्मा स्थित शालिमार होटलको सभाहलमा एक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुक्तदाले केही समय पहिले कतारको कुनै ठाउँको कार्यक्रमको भिडियोलाई लिएर (mcc ) जस्ता बिबादास्पद अडियो भाइरल बिबादास्पद बनेको बताए ।

टिकटक बनाउदा सावधानी अपनाउन नसकेको कारण धेरै केसहरु आफू सङ्ग आएको बताउदै सोही कारण एनआएएनए कतार, नेपाली दूतावास कतार, पत्रकार महासंघ कतार मिलेर केही समय अगि सामाजिक संजाल प्रयोगमा अपनाउनु पर्ने साबधानी सम्बन्धि (सचेतानात्मक ) कार्यक्रम गरेपनि थुप्रै टिकटकहरुलाई समेट्न नसकिएको बताए ।

सकारात्मक सन्देश दिन अहिलेको डिजिटल युगमा टिकटक सजिलो माध्यम भएकोले टिकटक समाज गठन भएपछि समन्वय गर्न सजिलो भएको बताउदै यस्को बारेमा नकारात्मक टीका टिप्पणी नगर्न अनुरोध गरे । कार्यक्रममा रेमिटान्स तथा बैकिङ्ग साक्षरता सम्बन्धी पनि आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस