२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

महिला स्वास्थय सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

महिला स्वास्थय सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली महिला समाज कतारको आयोजना र गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग एवं एनआरएनए ग्लोबल नेपालि हेल्थ टिमको सहकार्य शुक्रबार साझ भर्चुअल रूपमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

दुई चरणमा भएको कार्यक्रममा पहिलो चरणमा गैरआवसिय नेपाली संघको विश्व स्वास्थ्य समितिका संयोजक डाक्टर संजिव सापकोटा, मध्यपुर्व संयोजक डाक्टर नितेश अर्याल र स्त्री रोग विशेषज्ञ सुमित्रा थापाले महिलाहरुका विभिन्न स्वास्थ्य समस्या र त्यस बाट बच्ने उपाय बारे जानकारी गराउनु भएको थियो । डाक्टरहरुले वैदेशिक रोजगारीको क्रममा मध्यपुर्वमा पछिल्लो समय ठुलो मात्रामा नेपाली दिदिबहिनीहरु आउने गरेकोले यस्ता कार्यक्रमले उनीहरुलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । महिलाहरुका स्वास्थ्य समस्या समवेदनशील हुने हुँदा विदेश आउनुपुर्व राम्रो संग आफ्नो स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नुभयो ।

डाक्टरहरुले मध्यपुर्वको हावापानी नेपालको भन्दा फरक रहेकोले आफ्नो स्वास्थमा ख्याल गर्न आग्रह गर्नुभयो । आफ्नो स्वास्थ्यको लागि सानो-सानो कुरमा सचेत हुन सके पनि ठुलो रोग लाग्न बाट बाच्न सकिने बताउनुभयो ।

कार्यक्रमको दोस्रो चरणमा डाक्टरहरुले सहभागीले राखेको आफ्नो समस्या एवं जिज्ञासामा परामर्श दिनुभएको थियो ।

कार्यक्रममा नेपाली राजदुतबास कतारका कार्यबाहक राजदुत लक्ष्मण खनालले राजदुतावासले चाहेर पनि स्वास्थ्य सम्बन्धि गुनासाहरु सुन्न नसकेकोमा दुख ब्यक्त गर्दै आगामी दिनमा नेपाली महिला समाज कतारले आयोजना गर्ने जनचेतनामूलक कार्यक्रममा हातेमालो गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रममा  नेपाली राजदुतबास कतारका द्दितिय सचीव प्रविण भट्टराई, गैरआवासीय नेपाली संघकि महिला उपाध्यक्ष यासिम वेगम, गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार का अध्यक्ष मोहमद मुक्तादा मुसलमान ,नेपाली महिला समाज कतार का प्रमुख सल्लाहकार अमिना खान लगाएतले नेपाली महिला समाज कतारले प्रशंसनीय काम गरेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताउनुभयो ।

नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलले सहजीकरण गरेको कार्यक्रमको उदघाटन सत्रको संचालन संस्थाकी प्रथम उपाध्यक्ष माया केसीले गर्नुभएको थियो

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस