२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

म्हेन्दोमाया समाज कतारको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा : सन्जय तामाङ

 

दोहा – म्हेन्दोमाया समाज दोहा कतारको तेस्रो अधिबेशन सभ्य – भब्य रुपमा सम्पन्न भएको छ । अधिबेशन बाट सन्जय डिम्दुङ तामाङको अध्यक्षमा १७ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएका छ्न ।

नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज दोहा कतारको तेस्रो अधिवेशन १ जुलाई २०२२ शुक्रबारको दिन कराँची ग्रील हाउस रेस्टुरेन्टको सभाहलमा बृहत उपस्थितिमा सम्पन्न गरिएको हो ।

समाजका अध्यक्ष प्रकाश मम्बा तामाङको सभापतित्वमा तथा तामाङ समाज कतारका अध्यक्ष शुवास तामाङको प्रमुख आथित्यमा, उपस्थिति लामा गुरु लगायतबाट दिप प्रज्वलन तथा ब्यानर उट्घाटन गर्दै औपचारिक रुपमा संचालन गरिएको कार्यक्रममा प्रथम उपाध्यक्ष गौतम तामाङले स्वागत मन्तव्य राखेका थिए । सल्लाहकार शुक बहादुर तामाङले म्हेन्दोमाया बारेमा प्रकाश पार्दै संस्था स्थापना गर्नुको उदेश्य र प्रचलित म्हेन्दोमाया संस्कृती लाई जगेर्ना गर्दै सबै तामाङ बस्तीहरुमा फैलाउनु पर्नेमा जोड दिए ।

विशेष गरि नेपालको पश्चिमी भेग त्रिशुली खोला वारि बसोबास गर्ने तामाङ, समुदायमा प्रचलित म्हेन्दोमाया माने दोरा, साइकोले, स्याब्रु, जस्ता कला संस्कार संस्कृति प्रवासी भुमिबाट पनि जगेर्ना गर्नुपर्छ भन्दै २०१६ मा स्थापित म्हेन्दोमाया समाज दोहा कतारको बारेमा कार्यक्रममा बोल्ने बक्ताहरुले चर्चा गरेका थिए ।

“भाषा धर्म, लिपी, भेषभूषा र संस्कार संस्कृति लोप हुने क्रममा रहेको भन्दै यस्ता बृहत बहुमुल्य सम्पत्ति जोगाउन सबै जाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि तामाङ समाज कतारका अध्यक्ष शुवास तामाङ,विशेष अतिथिमा छिमेकी मार्टका अध्यक्ष शंखलाल तामाङ, तामाङ समाज प्रमुख सल्लाहकार धिरेन तामाङ, नेपाली समाज कतार अध्यक्ष तेज मोक्तान तामाङ लगायतले मन्तव्य सहित नयाँ आउने कार्यसमितिलाइ बधाई सहित शुभकामना प्रकट गरेका थिए ।

अधिबेशनलाई मनोरञ्जनात्मक बनाउनको लागि श्रीचन तामाङ, सुन्दर मोक्तान तामाङ, श्रृस्टी श्रेष्ठ, मुस्कान तामाङ लगायतका कलाकारले म्हेन्दोमाया, तामाङ सेलो लगायतका गीतमा गायन सङ्गै उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति प्रकाश मम्बा तामाङले विविध कठिन समयको बीच पनि अहोरात्र खटी कार्यक्रमलाई सफल पार्ने तथा आफ्नो ४ बर्ष सम्मको कार्यकाललाई सफल पार्ने सम्पुर्ण प्रति धन्यवाद प्रकट खुल्ला सत्रको कार्यक्रम समापन गरे । खुल्ला सत्र कार्यक्रमलाई समाजका महासचिव श्री तामाङले सन्चालन गरेका थिए ।

नव निर्वाचित कार्यसमिति
१) अध्यक्ष : श्री सन्जय डिम्दुङ तामाङ
२) प्रथम उपाध्यक्ष : श्री गुर्व लामा
३) द्वितीय उपाध्यक्ष : श्री मोइराम तामाङ
४) सचिव : श्री गणेश रुम्बा तामाङ
५) सह सचिव : श्री गंगा सिं तामाङ
६) कोषाध्यक्ष : श्री राम थोकर
७) सह कोषाध्यक्ष : श्री भिम मम्बा तामाङ
सदस्यहरु :-
८) श्री कुसुम लोप्चन ९) श्री सोमन दोर्जे पाख्रीन १०) श्री प्रदिप थिङ तामाङ ११) श्री नवराज बोम्जन १२) श्री मान ब. तामाङ १३) श्री अस्मिता तामाङ १४) श्री अशिका तामाङ १५) श्री सबिन तामाङ (सानो गोर्खे)१६) श्री चित्र ब. तामाङ १७) श्री सिजन तामाङ रहेका छ्न । नयाँ निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक तेज मोक्तान तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

 

 

 

 

 

 

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस