२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

मगर संघ कतारको नवौं राष्ट्रिय भेला तथा २२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

दोहा / नेपाल मगर संघ, शाखा कतारको आयोजनामा २२औं वार्षिकोत्सव तथा नवौं राष्ट्रिय मगर भेला कार्यक्रम सम्पन्न भएको

“मगरात भुमी हाम्रो पौरख,मगरात इतिहास हाम्रो गौरव ” भन्ने मुल उदेश्यका साथ सन : २००० मा प्रवासी भुमी कतारमा स्थापना गरिएको संघ कतार द्वारा जुलाई १ तारिख शुक्रबारको दिन सनैया स्थित प्लाजा मल कतारको
सेन्चुरी रेष्टुरेन्टको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

संघका अध्यक्ष विवेक पुलामी मगरको सभापतित्वमा,
जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा एनआरएन एनसिसि कतार,  विभिन्न वैचारिक संस्था, पत्रकार, जिल्ला स्तरीय संस्था, जातीय संघसंस्था लगायत प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा संघका कोषाध्यक्ष रेसम आले मगरले उपस्थिति हरुलाई स्वागत मन्तव्य बाट स्वागत गरेका थिए । सभापति, प्रमुख अतिथि, तथा २०२२-२३ का मगरहरूका राजालाई फेटाद्वारा सम्मान गर्दै कार्यक्रम लाइ अगाडी बढाइएको थियो । कार्यक्रमको बारेमा कार्यक्रम संयोजक हिम श्रिस थापा मगरले जानकारी दिएका थिए ।

प्रमुख अतिथि सुनुवारले बोल्दै प्रबासि भुमि कतारमा रहेर २२ वर्ष पहिले स्थापना भएको संघले वास्तवमै आफ्नो अस्तित्व तथा अधिकारको लागी अग्रणी स्थानमा रहेर कार्यसम्पादन गरेको भनाई रहेको थियो । सुनुवारले विभिन्न समयमा राष्ट्रिय विभूति लखन थापाको सरकारबाटै अपमान हुने गरेको बताउँदै जनजाति तथा विभिन्न समुदायहरू आफ्नो हकहितका लागी एकताबद्ध रूपमा लाग्नु पर्ने बताए ।

कार्यक्रम शुभकामना राख्ने वक्ताहरूले कतारमा समेत मगर संघले हरेक क्रियाकलापमा अग्र स्थानमा रहँदै आफ्नो संस्कार संस्कृतिको रक्षार्थ विभिन्न गतिविधि निरन्तर सञ्चालन गरिरहेको प्रति प्रशंसा गरेका थिए । विभिन्न कलाकारहरूले कौराहा- झ्याउरे, दोहोरी लगायतका विभिन्न किसिमका गीतहरूमा आफ्नो प्रस्तुति दिएका थिए ।

नरेश सिञ्जाली मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति पुलामी मगरले विविध कठिन समयको बीच पनि अहोरात्र खटी कार्यक्रमलाई सफल पार्ने सम्पुर्ण प्रति धन्यवाद प्रकट गरेका थिए

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस