२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

हेल्प मधेसी कतारको नयाँ नेतृत्व – रामकुमार यादवलाई

रामएकवाल राम
दोहा, २६ असार- हेल्प मधेसी कतारको तेस्रो सधारण सभा तथा अधिवेशन सप्पन्न भएको छ।परदेशमा मधेसी मुलका नेपालीहरुको छाता संगठनको रुपमा स्थापित हेल्प मधेसी कतारको नयाँ नेतृत्व रामकुमार यादवलाई चयन गरिएको छ।
हेल्प मधेसी कतारका भुतपुर्व अध्यक्ष रामकल्याण महतोको सभापतित्वमा, एनआरएनए कतारको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्य समाजसेवी मनिष यादवको विशिष्ट आतिथ्य एव विभिन्न संघ संस्थका प्रतिनिधि , कालाकार, पत्रकार , बुद्धिजीवी , समाजसेवी लगायत हजारौंको संख्यामा उपस्थित सप्पन्न अधिवेशन दुई चरणमा सप्पन्न भएको हो।
शुक्रबार सहानियाको अलदोसरी पार्कमा सम्पन्न भएको हेल्प मधेसी कतारको तेस्रो सधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षको लागि यादवलाई समर्थन सहित चयन गरिएको हो।
प्रवासमा बसेर पनि मधेसी मुलका नेपालीहरुलाई परेको बेला सहयोग गर्दै आएको हेल्प मधेसी कतार च्यापाटर संस्थाले एक कार्यक्रमको आयोजना गरि नयाँ कार्यसमिति चयन गरेको छ।यादवको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितिको कतार च्यापटरका लागि वरिष्ठ उपाध्यक्ष शिवकुमार महतो,र विशेश्वर यादव,तथा उपाध्यक्षहरुमा विरेन्द्र मण्डल, लालबाबु साह, देवेन्द्र कुमार ठाकुर, इसिलाल पण्डित, मन्दिप महतो, रमेश कुमार यादव लाई चयन गरिएको हो।
त्यस्तै महासचिव प्रदिप ठाकुरलाई चयन गरेको हो।सचीवहरुमा गङ्गा प्रसाद यादव, राजा साह, अभिमन्नु यादव, भागरथ कुमार यादव, अमरनाथ साह, रामबाबू साहलाई चयन गरेका छन भने कोषाध्यक्षमा सन्तोष कुमार साह एव सह कोषाध्यक्षमा रामकुमार यादव र देवनारायण महतोलाई चयन गरेका भने मिडिया संयोजकमा ओम प्रकाश यादवलाई चयन गरिएको छ।
यस्तै नयाँ कार्यसमितिको सदस्यहरुमा कमलेश महतो, अबधेश कुमार मण्डल, राजेश्वर मण्डल , बृज देव साह, सत्य नारायण राय, विनोद शर्मा, विजय कुमार राउत, पवन कुमार मण्डल, रामप्रकाश यादव, तेज नारायण यादव, शिव कुमार शाफी , विरेन्द्र कुमार यादव, राजकुमार ठाकुर , विन्देश्वर ठाकुर उत्तम कुमार मण्डल , संजय कुमार दास, संजीव कुमार साह, लालबाबु महतोलाई चयन गरिको छ भने सल्लाहकारहरुमा जय किशोर मण्डल लक्ष्मीनारायण मण्डल, मनराम यादव( मनिष ) जमिर नदाफ, जिबछ यादवलाई चयन गरिएको छ।
कार्यक्रमको खुल्ला सत्रको उदघाटनमा शहिदहरुको सम्झानामा दिप प्रजवलन गरि एक मिनेट मौन धारण गरिएको थियो।कार्यक्रममा उपाध्यक्षले स्वागत मन्तव्य राखेका थिए।
समाजसेवी मनिष यादवले परदेशमा मधेसीहरुको छाता सङ्गठनको रुपमा रहेको यो संस्था तथा प्रवासबाट पनि आफ्नो मौलिक पहिचान संरक्षण सम्बर्द्धन प्रबर्द्धनम उल्लेखनीय भुमिका खेल्दै आएको भन्दै खुलेर प्रसंशा सहित सम्पूर्ण नयाँ कार्यसमितिमा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथि मुसलमानले मधेसको कोहि पनि श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको कुनै किसिमको समस्या आए सिधा नेतृत्व मार्फत जानकारी गराउन अनुरोध गर्दौ जस्तो सुकै सहयोग गर्ने धराना व्यक्त गर्दै नयाँ बन्ने सम्पूर्ण कार्यसमितिमा शुभकामना दिएका थिए।कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, कालाकारहरुले आ- आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमको सभापति महतोले बोल्दै हेल्प मधेसी कतारको निमन्त्रणा सहर्ष स्विकार्दै उपस्थित भएक सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपम सहयोग पुर्याएक सम्पूर्णम धन्यवाद प्रकट गर्दै समाप्त गरेक थिए।रामअधीन यादवले कार्यक्रम सन्चालन गरेका थिए।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस