२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा प्रभात त्रिपाठी

 

दोहा – प्रवासी नेपाली मञ्च कतारको छैठौ अधिवेशन सम्पन्न भएको छ । ओसिस बीच होटल दोहाको सभाहलमा सम्पन्न भएको छैटौं अधिबेशन बाट पोखरा निवासी त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

मञ्च कतारका अध्यक्ष चानक पोखरेलको सभापतित्व तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेपाली नियोगका दित्तिय सचिव प्रवीण भट्टराई, नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलि, एनआरएनए कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ,नेपाली समाज कतार बाट तेज तामाङ जनप्रगतिशील बाट सद्दाम हुसेन, संस्थापक अध्यक्ष कमलमणि गुराँगाइ लगायत विभिन्न वैचारिक, जनजाति, पत्रकार मञ्च प्रती आस्थावान, लगायत विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा बोल्दै महासचिव पोखरेलले गठबन्धनका कारण देश बलियो बन्नै नसक्ने बताए । देश बनाउनका लागि धेरै दलहरूको आवश्यकता नभएको बताउँदै उनले निश्चित स्वार्थ पूरा गर्नका लागि मात्र गठबन्धन भएको बताए । उनले विश्वका विकसित देशहरूमा यसको प्रयोग भइरहेको बताए ।

सबै दलहरूको मोर्चाबन्दी एमालेविरुद्ध हुँदा पनि स्थानीय तहको निर्वाचनमा लोकप्रिय पहिलो मतमा एमाले रहे पनि सिट संख्यामा कमी आएको र केही कमजोरी भएका स्थानमा गम्भीर समीक्षा भएको पोखरेलले बताए

उनले नीति र सिद्धान्त नमिल्ने सँग पनी काङ्ग्रेसले गठबन्धन गरेकोप्रति कटाक्ष गरे । मन्तव्यका क्रममा पोखरेलले नेपाल श्रीलङ्काको अवस्थामा नपुग्ने दाबी समेत गरे । उनले प्रवासमा श्रमिकबाट उद्यमी बन्ने तर्फ लाग्न सबैमा आग्रह गरे । नेपालमा धेरै राजनितिक दल भएको हुदॉ देश परिवर्तनका लागी जनताले आफन्त नातावादमा मतदान गर्नु पर्ने बाध्यात्मक परिस्थिति रहेको बताए ।

नेपाली नियोगका दित्तिय सचिव प्रवीण भट्टराईले कतारमा रहेका संस्था जिवन्त हुनुपर्छ भन्नेमा जोडदिए, बर्षदिनमा एउटा कार्यक्रम गर्दैमा संस्था जिवन्त हुँदैन, समय समयमा सक्रिय देखाउन नसक्ने संस्थाहरुको विकल्प भनेको मर्ज हुनुहो भन्दै भट्टराईले प्रवास बाट फर्किने नेपाली कामदारले ३२ इन्च भन्दामाथी ४९ इन्च सम्मको टिभीमा भन्सार निसुल्क हुनुपर्ने व्यवस्था लागु गरीदिन हुन समेत पोखरेल समक्ष अनुरोध गरेका थिए । साथै कतारमा रहेका सम्पुर्ण संघसंस्था सङ्ग सहकार्य गर्दै अगाडि बढ्ने बताउदै मञ्चको छैटौं अधिबेशन सफलताको कामना गर्दै आफ्नो मन्तव्य टुङ्गाएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले प्रवासमा वैचारिक सङ्गठन सञ्चालन गर्न निकै कठिन हुने धारणा राखेका थिए । प्रवासमा नेपालीले सिकेको सिपको सरकारले सही सदुपयोग नगरेको र सिप सदुपयोग गर्ने अवसर पनी सिर्जना नगरेको बताए । प्रवासी मञ्च कतारको सबैभन्दा पुरानो भातृसंगठन रहेको बताउँदै वक्ताहरूले मञ्चले सामाजिक रूपमा समेत क्रियाशील रहने गरेको बताउँदै मञ्चको प्रशंसा गरेका थिए ।

साथै अधिवेशन मार्फत मञ्चमा योगदान गर्ने विभिन्न व्यक्ति, सङ्घसंस्था, संस्थापक तथा पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।साथै विवेकसिल साझा कतारका संयोजक गणेश कार्की, अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका अध्यक्ष दीपेन्द्र डिसि लगायतका दर्जनौं व्यक्ती पनि सङ्गठनमा प्रवेश गरेका थिए

मञ्चका उपाध्यक्ष चानिलाल राजबंशीले स्वागत मन्तव्य र , महासचिव प्रभात त्रिपाठीले सहजिकरण गरेको छैटौं अधिवेशनको समापन गर्दै सभापति पोखरेलले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । उनले ६ वर्ष सम्म लगातार मञ्चलाई दिएको साथ सहयोग प्रति कतारका सबै सङ्घ संस्था र नेपाली दूतावास प्रति आफू र मञ्च कृतज्ञ रहेको बताए । साथै आज कार्यक्रममा बाध्यतावस सुकिला मुकिला देखिए पनी भोलिबाट आफ्नै दैनिकीमा फर्कन पर्नै मजदुर रहेको बताउदै खुल्ला सत्रको समापन गरेका थिए

सम्पन्न अधिवेशनको बन्द सत्र वाट निर्वाचित नयाँ कार्यसमिति :
१)अध्यक्ष : प्रभात त्रिपाठी (कास्की)
२)उपाध्यक्ष : बिजय बस्नेत (गुल्मी )
३)उपाध्यक्ष : प्रेम बहादुर बिश्वकर्मा (म्याग्दी )
४)उपाध्यक्ष : बालकृष्ण भित्रीकोटी ओखलढुंगा)
५)उपाध्यक्ष : अफ्सर अलि खान (मोरङ)
६)सचिव : बिनेश तामाङ (खोटाङ)
७)उपसचिव : गफुर अहमद
८)उपसचिव :शेख शाहनवाज
९)उपसचिव :तिलक सिलवाल (झापा)
१०)उपसचिव :छम बहादुर चन्द (शुलभ)(बाग्लुङ)
केन्द्रिय कमिटी सदस्यहरु :
११)किरण सिलवाल
१२)अलि हुसेन मिया
१३)गोपाल बस्नेत
१४)भोला बस्नेत
१५)श्याम लाल न्यौपाने
१६)टीका कार्की
१७) मिन ब कार्की
१८)बासु कार्की
१९)सोभाखर भुसाल
२०)श्रीधर आचार्य
२१)केशव राज कार्की
२२)रामजी अधिकारी
२३)मन प्रसाद रानामगर
२४)शिव कुमार भुजेल
२५)लिला प्रसाद गौतम
२६)शक्ति क्षेत्री
२७)गुमान सिहं बि.क
२८)समुन्द्र खड्का
२९)सुशील गौतम
३०)बिजय कुमार मगर
३१)बिश्नु प्रसाद भुसाल
३२)गणेश बस्याल
३३)महमद्द नाजिलामी साफी
३४)आसिफ हुसेन शेख
३५)बुद्ध गुरुङ।
लेखा कमिटी ५ सदस्यीय
१)अध्यक्ष : प्रेम प्रसाद भट्टराई
२)उपाध्यक्ष : रमेश पौडेल
३)सचिव : अख्तर हुसेन
४)सदस्य : निरन नेपाल
५)सदस्य: नवराज शाही
निर्वाचन कमिटी ५ सदस्यीय
१ ) अध्यक्ष : गोबिन्द सुवेदी
२)उपाध्यक्ष : गणेश दुलाल
३)सचिव : निराजन गौतम
४)सदस्य : इस्वर पौडेल
५)सदस्य : खडानन्द बास्कोटा, रहेका छ्न ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस