२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

तनहुँ सेवा समाज दोहा कतारको अध्यक्षमा गिरि निर्वाचित

दोहा- तनहुँ सेवा समाज दोहा कतारको १२ औं अधिवेशननयाँ नेतृत्व चयन गर्दे सम्पन्न भएको छ ।

शुक्रबार पदम गिरिको अध्यक्षतामा सर्वसम्मत  नेतृत्व चयन गर्दे अधिवेशन सम्पन्न भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिनराज वाग्ले, उपाध्यक्षमा पदम बहादुर रानाभाट र रुक बहादुर रानाभाट, महासचिबमा सन्तोष रेग्मी, सचिबमा हेम आले, कोषाध्यक्षमा बम बहादुर रानाभाट र सह-कोषाध्यक्षमा सुर्य गिरी रहनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा ऋषिराम थापा, उमेश रेग्मी, मिलन बि.क, तुलसी लामिछाने, शकुन्तला क्षत्री, बृहस्पति राना, ओम बहादुर थापा, ज्ञानेन्द्र शाही , तिल थापा मगर र दुर्गानाथ सिग्देल रहनुभएको छ ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दोहामा स्थापित बैचारिक संस्थाहरु, जनजाति महासंघ कतार,नेपाल पत्रकार महासंघका शाखा कतार , नेपालि महिला समाज कतार,प्रदेश समन्वय परिषदहरुका अध्यक्ष तथा प्रतिनिधिहरु तथा गण्डकी प्रदेश समन्वय परिषद कतारमा आवद्ध जिल्ला संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्तिथि रहेको थियो ।

संस्थाका अध्यक्ष नारायण प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकारहरुको विभिन्न सास्कृतिक प्रस्तुति रहेको थियो भने सोही अवसरमा संस्थाका खेलाडी एवं कलाकारहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका प्रथम उपाध्यक्ष पदम गिरिले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव मिनराज वाग्लेले गर्नुभएको थियो ।

“सबल र समृद्ध जिल्ला निर्माणमा प्रबासिको योगदान, सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्नेमुल नाराका साथ सन् २००४ मा स्थापित संस्था कतार तथा गृह जिल्ला तनहुँमा विभिन्न सामाजिक काम सक्रिय रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस