२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

सिरहा सेवा समिति कतारले मनायो १७ औ वार्षिक उतसव

दोहा, अगस्ट १३- सिरहा सेवा समिती कतारले १७” औ वार्षिक उत्सव मनाएको छ।
सिरहावासीहरुको चाहना सभ्य समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ २००६ मा स्थापना भएको यस संस्थाले वार्षिकोत्सव कार्यक्रममा कार्यप्रगति विवरण संस्थाले गरेका विभिन्न कामहरुको प्रस्तुत तथा वार्षिक उत्सव मनाएको हो।
गत विहिबार बेलुकी सनैयाको एसियन टाउन स्थित ग्रेट एसियन रेस्टुरेन्टमा सम्पन्न वार्षिक उत्सवमा समितिका अध्यक्ष जिबछ यादवको सभापतित्वमा भएको सो कार्यक्रममा गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान प्रमुख अतिथि रहेको थियो।
हेल्प मधेशी कतारका अध्यक्ष रामकुमार यादव, मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेख, अर्का अध्यक्ष शाकिर अलि धनुषा सेवा समाजको अध्यक्ष जमिर नदाफ लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु समाजिक अभियानता पत्रकार बुद्धिजीवीहरुको उपस्थिती सहित आ- आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुसलमानले समितिका संस्थापक टिम सहित सम्पूर्ण सिरहा सेवा समितिका पदाधिकारीहरुलाई १७ औ वार्षिक उत्सवको शुभकामना व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति जिबछ यादवले आफ्नो मन्तव्य राख्दै यस समितिलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न खट्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस