२०८१ कार्तिक ५ गते सोमवार | 2024 October 21st Monday

लसेस कतारले सम्पन्न गर्यो आधारभुत ब्युटिसियन प्रशिक्षण र तिजको दर कार्यक्रम

कतारमा रहनु हुने नेपाली महिला दिदिबहिनीहरुको सीप बिकास तथा श्रृङ्गारीक सचेतना अभिबृद्दी गर्ने उद्देश्यले हरितालिका तिजको सेरोफेरो पारेर “लमजुङ सेवा समाज कतार” ले एक दिने आधारभुत ब्युटिसियन प्रशिक्षण तथा तिजको दर कार्यक्रम सम्पन्न गरेको छ ।
१९ अगस्ट २०२२ शुक्रबारका दिन आयोजना गरिएको सो कार्यक्रममा गन्डकी प्रदेश अन्तगतका जिल्ला सस्था , कतार स्थित महिला सम्बन्धी सस्था तथा अन्य सस्थाका महिला बिभाग र कतारमा रहनु हुने लमजुङे चेलीबेटीहरुलाई सहभागी हुनु भएको थियो ।तिज एउटा श्रृङ्गार सम्बन्धिको पर्व पनि भएकोले तिजको अवसरमा नाचगान सङसङै केही सिपमुलक कार्यक्रम पनि जोडौ भन्ने उद्देश्य आयोजित सो कार्यक्रममा करिव ४५ जना सहभागीले प्रशिक्षण लिनु भएको थियो । छाला , कपाल र फेसियल गरि तीन जना फरक फरक बिधाका प्रशिक्षक रहनु भएको सो प्रशिक्षणमा सैद्धान्तिक तथा प्रयोगात्मक दुबै तरिकाबाट प्रशिक्षण दिइएको थियो । प्रशिक्षणक्रम को बिचमा गोर्खा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले प्रस्तुत गर्नु भएको शारीरिक ब्यायम ,योगकला र तनावमुक्त सम्बधी केही उपयोगी कृयाहरुले कार्यक्रम झन रोचक भएको थियो । कतारमा निकै लामो समय सम्म बसेर ब्युटिसियन सम्बन्धि पर्याप्त ज्ञान र अनुभव सम्हालिसक्नु भएका तीन प्रशिक्षकहरु श्रीमती गङगा खड्का भन्डारी ,श्रीमती कमला ढुंगाना उप्रेती र श्रीमती निरा कार्कीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रम महिलाहरुको दैनिक जिवनका लागि निकै उपयोगी रहेको र धेरै नया नयाँ कुराहरु सिक्न पाएको अनुभूति सहभागी मध्यकी मालाती न्यौपानेले बताउनु भयो ।

सिमित बक्ताहरु मात्र रहनु भएको यो कार्यक्रम दोहामा हुने गरेका अन्य कार्यक्रम भन्दा पृथक कार्यक्रम रहेको भन्दै ” प्रवासमा महिलाहरुको अवस्था र फुर्सदको समयमा थप आय आर्जनका लागि सिक्न सकिने सीप तथा सम्भाबित काम ” भन्ने विषयमा एनआर एन ए एनसिसी कतारकी महिला संयोजक नानू घलेले प्रेरणादायी मन्तब्य राख्नु भएको थियो साथै कार्यक्रमको प्रमुख अतिथी तथा नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता पौडेल भन्डारीले “नारी जिवनमा श्रृङ्गार र पहिरनको महत्त्व तथा उछृन्खल श्रृङ्गार र पहिरनले ल्याउन सक्ने सामाजिक बिकृती ” बिसयमा सारर्गर्भित मन्तब्य राख्नु भएको थियो ।

लमजुङ सेवा समाजकी महिला बिभाग संयोजक श्रीमती कुमारी गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सस्थाका तृतिय उपाध्यक्ष कल्याण थापाले स्वागत मन्तब्य तथा सस्थाका अध्यक्ष सिताराम थापाले कार्यक्रमको उद्देश्य र औचित्य बारे प्रकाश पार्नु भएको थियो । सस्थाका महासचिव बिनोद थापा मगरले सन्चालन गर्नु भएको सो कार्यक्रमको अन्तमा सबै प्रसिक्षार्थी सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र तथा साबुन स्याम्पु लगायतका अन्य सामाग्री सहितको कोसेली प्रदान गरिएको थियो । दर खानपिन पछि नाचगान सहित टुङिएको कार्यक्रम निकै अविस्मरणीय भएको सहभागीहरुले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस