२०८३ साउन २४ गते आइतवार | 2026 August 9th Sunday

हेल्प मधेसी कतार च्यापटरद्वारा बृहत रक्तदान कार्यक्रम सप्पन्न

दोहा , अगस्ट १०- हेल्प मधेसी कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्रको परिसरमा ब्लड डोनर सेन्टर संगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
हेल्प मधेसी कतार च्यापटरका अध्यक्ष रामकुमार यादवको अध्यक्षता भएको सो कार्यक्रममा नेपाली राजदूतावास कतारका द्वितीय सचीव प्रवीण भट्टराईको प्रमुख आतिथी रहेको थियो।

हेल्प मधेसी कतारका भुतपुर्व अध्यक्ष एव सल्लाहकार रामकल्याण महतो ,वरिष्ठ सल्लाहकार मनिष यादव, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष पवन ठाकुर १७० पटक भन्दा बढी नै रक्तदान गरिसक्नु भएका अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय लम्साल को विशिष्ट अतिथिमा तथा विभिन्न संघ संस्थाका प्रमुख , प्रतिनिधिहरु , समाजिक अभियानता पत्रकारहरुको लगायत संस्थाका विभिन्न दलानका प्रमुख तथा पदाधिकारीहरुको उपस्थिथीमा २८० जनाले नाम दर्ता गराएतापनी अस्पतालका स्वास्थ मापदण्ड अनुसार २०२ जनाले मात्र रक्तदान गरेको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष पवन ठाकुरले जानकारी दिए।
रक्तदान पुण्यको कार्य भएको र संस्थाको कार्य प्रशंसनीय रहेको उपस्थितहरूले प्रतिक्रिया दिएका थिए ।संस्थाको तर्फबाट रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुन्यको कार्यमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई संस्था तर्फबाट अध्यक्ष रामकुमार यादवले धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस