२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

दशैं धमाका मार्फत एउटा फुल इन्टरटेनमेन्ट प्याकेज ल्याउदै छौ : सुमन भारती

दोहा : दोहामा विजया दशमीको पावन अवसर पारेर  “दशैं धमाका २०७९”कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रम इन्टरटेनमेन्टको फुल  प्याकेज भएको कार्यक्रम संयोजक बताउछन l

कोरोनको कारण लामो समय देखि नेपाली कलाकार हरुको विदेश  भ्रमण करिब सुन्य जस्तो भएको थियो l यसको असरले कतारको  नेपाली समुदायमा मनोरन्जनका कार्यक्रम सुन्य नै भएको थियो l  कोरोना पहिला नेपाली हरेक चाड पर्व , कतारको रास्ट्रिय तथा  इदको छुट्टीमा त दर्जनौ कार्यक्रम हुने गर्थे l कोरोना को कहर सकिए पनि कार्यक्रम ल्याउन  आट कसैले गरेका थिएनन l

यसपालीको विजया दशमीमा भने  नेपालबाट अन्तर्राष्ट्रिय स्तरका चर्चित गायक रमेश राज भट्टराई र अर्जुन सापकोटा, चर्चित गायिका सम्झना भण्डारी एवं चर्चित डान्सर द्वय  (भोजपुरी डान्सर ) प्रीति पासवान र करिश्मा पुन मगर लगायतका कलाकार कतार आउन लागेका छन् l

कतारमा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउदै दसैंमा नेपालीहरु बिच भेटघाट गराएर आत्मियता बढाउने,प्रदेशमा रहेपनि दसैंलाई भब्य बनाउदै, विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने अवसर  संयोजक :डेग बहादुर भारती ‘सुमन’ले जुराएका हुन्

कार्यक्रम यहि   ३० सेप्टेम्बर २०२२ का दिन ओसिस वीच क्लबमा बेलुकि ४ बजे देखि रातको १० बजे सम्म संहुने छ l  कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका अग्रजहरू, बुद्धिजिबिहरू, व्यवसायीहरू, समाजसेवी हरू, सामाजिक अभियन्ताहरू, संचारकर्मी मित्रहरू लगायत कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारीदिनको निम्ति संयोजक भारतीले आग्रह गरेका छ्न l

करिब १५०० जना को उपस्थिति आकलन गरिएको कार्यक्रमको  कार्यक्रम स्थलमा जाने गेट दिनको २ बजे खुल्ने छ भने कार्यक्रम ठिक ४ बजे सुरु हुने छ l कार्यक्रम सम्योजकका अनुसार  अहिले सम्म कार्यक्रम को राम्रो प्रतिक्रिया आएको र कार्यक्रममा आफ्नो सिट समयमा सुरक्षित गर्ने समेत अनुरोध गरेका छन् l

 

सम्पर्क :००९७४-७०६५३२०३ रहेको छ ।

 

 

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस