२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

सर्लाही प्रवासी सेवा समाज कतारले १४ औ स्थापना दिवस मनाउने

रामएकवाल राम

दोहा- सर्लाही प्रवासी सेवा समाज कतारले १४ औ स्थापना दिवस तथा शुभकामना अदान प्रदान कार्यक्रम गर्ने भएको छ।

अहिलेको आवश्यकता , सर्लाही प्रवासीहरुमा एकता भन्ने मुल नाराका साथ २००८ मा स्थापना भएको यस संस्थाले १३ औ वर्ष पार गरि १४ औ वर्षमा प्रवेश गरेको सुखद अवसरमा स्थापना दिवस मनाउन लागेको हो।

संस्थाले कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध समेत गरेको छ।

सर्लाही प्रवासी सेवा समाज कतारको १४ औ स्थापना दिवसको अवसरमा तथा नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्वको सुखद अवसरमा अक्टोबर ७ तारिख शुक्रबारका दिन सनैया स्थित हाईट हाउस रेस्टुरेन्टमा स्थानीय समय अनुसार बिहान११ बजे देखि सुरु हुने शुभकामना अदान प्रदान सहित विविध संस्कृतीक कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष प्रकाश आले मगरले जानकारी गराए।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस