२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

कतारका पाल्पालीहरुको सहयोगले विद्यालयमा अक्ष्यकोष स्थापना

कतारमा रहेका सम्पुर्ण पाल्पालीहरुको साझा संस्था पाल्पाली सेवा समाज दोहा कतारले दर्लमडाँडा माध्यमिक विद्यालय बगनासकाली ५ दर्लमडाँडा पाल्पामा गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ अक्ष्यकोषको स्थापना गरेको छ ।

१ असोज २०७९ शनिवारका दिन विद्यालयको ६७ औं बार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बीच रू ५१ हजार रुपैयाँ बरावरको अक्ष्यकोषको स्थापना गरेको समाजका अध्यक्ष महल बहादुर केसिले बताए ।अध्यक्ष केसिले पाल्ला जिल्ला भित्रका सबै पालिकाका उत्कृष्ट बिद्यालयहरुमा पनि पछि क्रमशः यसप्रकारको अक्ष्यकोष स्थापना गर्ने कार्यसमितिको बैठकबाटै निर्णय भएकाले समाजले क्रमिक रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।

अध्यक्ष केसिका अनुसार नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना मार्फत समाजले पठाएको उक्त रकम प्रदेश सरकार शिक्षा मन्त्रालयका उपसचिव मनोज गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक लगायतले विद्यालयका प्रधानाध्यापक थमनसिं थापा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोशलराज न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

अक्ष्यकोष रकम ग्रहण गर्दै बिद्यालयका प्रधानाध्यापक थमनसिं थापाले उक्त रकमको ब्याजबाट बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराइने बताएका थिए ।

समाजले रोजगारीका सिलसिलामा कतारमा रहेका पाल्पालीहरुसँग दक्ष अनुसारको सहयोग रकम जुटाई पाल्पालीहरुको दुख-सुखमा सहयोग गर्दैै आएको छ। अक्षयकोष स्थापनासँगै समाजले बिभिन्न किसिमका प्राणघातक बिरामीहरुको उपचार्थ सहयोग रकम,रक्तदान,मेडिकल क्याम्पियन जस्ता सामाजिक कामा सहयोग गर्दै कतारमा स्थापिम सम्पुर्ण संघ-सस्थाहरुसंग पनि समन्वय गर्दै आएको छ ।

समाजका महासचिव रामलाल खातीले रोजगारीको सिलसिलामा कतार जानु अघि कुनै द्धिबिधा रहेमा वा कतार पुगेपछि पनि कुनै समस्या परेमा सहयोगको आवस्यकता परेमा समाजमा सिधै सम्पर्क गर्न आग्रह गरेकाछन ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोशल न्यौपानेले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार
प्रतिक्रिया दिनुहोस