२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाली जनसम्पर्क समिति कतार द्वारा एन आर एन ए पदाधिकारी सम्मानित

दोहा,

नेपाली जनसम्पर्क समिति कतार द्वारा  एन आर एन ए पदाधिकारीहरुलाई सम्मान गरेको छ l  १०९ औ बि पी जयन्तिको  अवसरमा आयोजित एक कार्यक्रममा  समितिले   एन आर एन ए पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको हो l

 गैर आवासीय नेपाली संघ आईसीसीको १० औ विश्व सम्मेलनबाट र एनसीसी कतारको ९औ राष्ट्रिय अधिवेशनबाट निर्विरोध निर्वाचितहरुलाई पदाधिकारी हरुलाई बधाई तथा सम्मान पत्र द्वारा समान गरिएको थियो l

सम्मानितहरुमा कतारबाट आई सी सी पदाधिकारीमा निर्वाचित आईसीसी उपाध्यक्ष   नरेन्द्र भाट , आईसीसी युवा उपाध्यक्ष  राज रेग्मी , आईसीसी सचिव प्रबिन गुरुङ लगायत मध्यपुर्ब उपसंयोजक  केबी हमाल, आइसिसी सदस्य ,कुमार रेग्मी , आइसिसी सदस्य तेज कटूवाल , एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा , एनसीसी उपाध्यक्ष प्रेम चलाउने एनसीसी सचिव दीपजंग शाह , एनसीसी युवा संयोजक  सुमन भारती एनसीसी कार्यसमिति सदस्यहरु अग्नि राम देवकोटा,अजमत अलि ,बिष्णु खड्का लगायत थिए l

 

कार्यक्रममा  प्रत्यक्ष उपस्थित नभएका आईसीसी र एनसीसी पदाधिकारीका  सम्मान पत्र एनसीसी अध्यक्षलाई सामूहिक हस्तांतरण गरिएको थियो l

तस्बिर :- तिलु शर्मा पौडेल

 

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस