२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

दोहा नगरपालिकाको सचेतता अभियान

दोहा । दोहा  नगरपालिकाले आवासीय क्षेत्र र त्यस वरपरका स्थानमा बस तथा ट्रक पार्किङ नगर्न सचेतना अभियान जारी राखेको छ । नगरपालिकाले नियम उल्लंघन गर्ने ट्रक र बसमा सचेतना पोस्टर टासेर सावधान गराउदैआएको छ ।

सेप्टेम्बर ४ देखि सुरु भएको अभियानयता नगरपालिकाले ३१३ सवारीलाई एक हप्ताको समयसीमा दिएर पार्किङ हटाउन निर्देशन दिएको छ । सचेतना अभियानको मुख्य उदेश्य बस,ट्रक र अन्य सवारी साधन धनीलाई विशेष गरी आवासीय क्षेत्र र त्यस वरपर अनुमति नदिइएको स्थानमा पार्क नगर्न चेतावनी दिनु रहेको अधिकारीहरुले बताएका छन् ।

चेतावनी पश्चात पनि त्यस्ता स्थानमा पार्क गरेर नियम उल्लंघन गर्ने सवारीधनीलाई बढीमा २५ हजार रियाल सम्मको जरिवाना हुनसक्ने नगरपालिकाले बताएको छ । एजेन्सीको सहयोगबाट

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस