२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

गैर पत्रकारको पीत पत्रकारिता

पत्रकारिताको आडमा सुरेश भट्टद्वारा भ्रम फैलाएको खुलासा

मिति ४ असोज मंगलबारका दिन नेपालको नवलपुर जिल्ला कावासोतीबाट संचालित अनलाइन समाचार शहिदनगर खबर डटकम द्वारा प्रकाशित “मुक्तदा नेतृत्वको एनसीसी विवादमा” भन्ने शिर्षकमा प्रकाशित समाचार तयार पारी प्रकाशन गर्ने कार्य
कतारमा कार्यरत अन्तर्राष्ट्रिय नेपाली समाज कतारका सल्लाहकार सुरेश भट्ट भएको तथ्य खुलेको छ।

तथ्यहिन, भ्रमात्मक, संस्थाको गरीमा माथी आँच आउने र नेतृत्व तहको सामाजिक चरीत्रमाथी ठेस पुग्ने, कपोकल्पित र आधारहिन समाचार प्रकाशित भएपछी एनसीसी कतारद्वारा समाचार सम्प्रेषण कम्पनी र संचालकसम्म सम्पर्कमा पुगेको र समाचार कुन तथ्यको आधारमा प्रकाशित भयो र यसको सत्यताको आधार के छ भनेर प्रश्न गरेपछी संचालक द्वारा यथेष्ट प्रमाण नरहेको र चिनजानको आधारमा आएको तयारी समाचार प्रकाशन गर्नु आफुहरुको गल्ती भएको स्विकार्दै समाचार हटाएको र समाचार पठाउने व्यक्तिको बारेमा खुलासा गरेको एनसीसी कतारले एक पत्र मार्फत जानकारी दिएको छ।

समाचार सम्वन्धमा एनसीसी कतारले नेपाल पत्रकार महासंघ कतार शाखालाई एक पत्र लेखी समाचारको तथ्यता र समाचारसँग शाखासँग आवद्ध पत्रकारहरुको संलग्नता रहे नरहेको समेत जानकारी दिन अनुरोध गरेको थियो।

समाचार प्रकाशित भएपछी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनसीसी) कतारको छैठौं पुर्ण बैठक बसी एनसीसी कतार र एनसीसीमा सम्बद्घ व्यक्तिहरुलाई लक्षित मिथ्या समाचार प्रसारण सम्बन्धमा बृहत् छलफल गरी बैठकद्वारा यस्ता समाचार सम्प्रेषण गर्ने व्यक्ती,समूह र मिडिया हाउसप्रति खेद प्रकट गर्दै एनसीसीले नेपाली दूतावास मार्फत उक्त समाचार संचालित जिल्ला नवलपुरमा समचार कम्पनी र संचालक विरुद्ध आवस्यक परे किटानी जाहेर गरी मानहानिको मुद्दा हाल्ने निर्णय गरेको एनसीसी महासचिव पदम गिरीले जानकारी दिएका छन।

साथै गिरीले प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ कतार शाखामा पनि यो समाचारको स्कृनशट र केही समय पछि हटाईएको प्रमाणहरु सहित यस्ता मिडियाहाउस र पीतपत्रकारहरु माथी छानबिन गरी हदैसम्मको कार्बाहिको माग गर्दै पत्राचार गर्ने निर्णय भएको र कतारबाट यस्ता तथ्यहिन समाचार बनाई प्रकाशित गर्न सहयोग गर्ने व्यक्तिहरुको पहिचान गरि संस्था र सामाजिक व्यक्ती माथी पुगेको सामजिक क्षतिपूर्तिको भर्पाई गराउन नेपाली दूतावासलाई अनुरोध गर्ने निर्णय भएको बताएका छन।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस