२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाली मेलाकै झल्को दिने गण्डकी प्रदेशको बनभोज

गण्डकी प्रदेश समन्वय परिषद कतारको समन्वयमा तथा प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ l शुक्रबार सहाँनिया स्थित  “अल दोसरी पार्क” मा  सम्पन कार्यक्रमले दशैको बेलामा नेपालमा हुने मेला हरुको झल्को दिएको थियो l

हिन्दुहरुको महान चाड बिजया दशमी , दिवावाली ,नेपाल सम्बत  तथा छठ पर्वको शुभकामना अदान प्रदान एव विविध संस्कृति  तथा बनभोज  कार्यक्रम परिषदका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्व साथै कतारका लागी नेपाली राजदुत  डा नरेश विक्रम ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l कार्यक्रमा एन आरन ए आई सी सी पधाधिकारीहरु  विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कतारमा स्थापित सामाजिक,बैचारिक,  जातिय संस्था, जिल्ला संस्था, साहित्यिक, सांस्कृतिक संस्थाका प्रमुखहरु,बुद्धिजीवी ब्यबसायी पत्रकार कलाकार लगायत गण्डकी तथा  गैर गण्डकी   दाजुभाई तथा दिदिबहिनीहरुको  उपस्थिती रहेको थियो।

शुभ साइतमा  बझाईने नौमती बाजाको नहरा संगै प्रमुख अथिति ढकाल , सभापति श्रेष्ठ साथै उपस्थित अथितिहरुद्वारा  पानसमा बत्तिबालेर कार्यक्रमको विधिवत उद्घाटन गरिएको थियो l  नेपाल र कतारको राष्ट्रिय गितबाट सुरुगरिएको कार्यक्रममा परिषदका  बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक  सागर पौडेलले स्वागत मन्तब्य राखेका थिए l

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति स्वरुप एकल  नृत्य ,  कौडा,घाटु,धिमे, पन्च्चेबाजा,भजन, लोक दोहोरी लगायत बिभिन्न मौलीक नृत्य तथा गायन हरुको एकै स्टेजमा जोडदारी प्रस्तुती रहेको थियो l  करिब ५०० जना उपस्थित कार्यक्रम अरुबेला गरिने कार्यक्रम भन्दा फरक रहेको उपस्थित हरुले महसुस गरेका थिए l कार्यक्रममा मातहतका जिल्लाहरुले  आफ्नो आफ्नो  जिल्लाको  सास्कृतिक प्रस्तुति दिएका थिए भने संयुक्तमा गरिएका पन्चेबाजा , टुक्का , भजनले उपस्थित हरुलाई मनोरन्जन प्रदान  गरेको थियो l कार्यक्रममा सृष्टि श्रेष्ठले स्वागत नृत्य , राम बाबु, ईशान रेग्मी, रेशम बस्नेत, सञ्जय बर्देवा, महेश तामाङ, गीता भट्टराई, कमला गुरुङ, दीपक नेपाली र विजय गौतम लगायतका कलाकारहरुको  गायन प्रस्तुति रहेको थियो।

कार्यक्रममा राजदुतावासको तर्फबाट उपस्थित सम्पूर्णलाई शुभकामना दिदै प्रमुख   अतिथि ढकालले गण्डकी प्रदेशले गरेको कार्यक्रम एउटा प्रदेशको मात्र नभएर सम्पूर्ण नेपालकै प्रतिनिधत्व गरेको बताएका थिए l पर्यटकीय हिसाबले भरिपूर्ण भएको प्रदेश सास्कृतिक हिसाबले पनि उत्तिकै अब्बल रहेको बताउदै ढकालले परदेशमा  रहेका नेपालीलाई यसरी चाड वाडको अवसरमा राखिने कार्यक्रमले मातृभूमिको याद दिलाउने बताएका थिए l

एक फरक प्रसंगमा डा. ढकालले अन्तर्राष्ट्रिय क्षेत्रलेनै भोगिरहेको आर्थिक मन्दीले नेपाल पनि अछुतो नरहेको  बताउदै  जतिसक्तो थोरै खर्च गरेर कमाएको रकम नेपाल पठाएर नेपालको आर्थिक स्थितिमा सुधार ल्याउन हामी सबैको दाहित्व रहेको बताएका थिए l

कार्यक्रमलाई समापन  गर्दै सभापति  श्रेष्ठले   परीषदको    निमन्त्रणालाई सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रमलाइ सफल बनाउन अहोरात्र खट्ने सम्पूर्ण जिल्ला सस्थाहरु साथै  प्रतक्ष्य अप्रत्यक्ष रुपमा सहयोग पुर्याएका कलाकार  , सहयोगी दाता, संस्थाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै विजय दशमी दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए l  सास्कृतिक हिसाबले अब्बल रहेको कार्यक्रमका सास्कृतिक संयोजक रघु शर्मा थिए भने कार्यक्रमको सहजीकरण महासचिव सन्तोष रेग्मीले गरेका थिए l

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस